नेभिगेशन
मुख्य समाचार

देशका विभिन्न स्थानमा  भारी वर्षा मापन : कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा भएको छ ।

यस्तै धनकुटामा एक सय २१, सुनसरीमा एक सय ३०, इलाम माइपोखरीमा एक सय २१ मिलीमिटर वर्षा भएको छ । यी चार स्थानमा अतिभारी वर्षा मापन भएको विभागले जनाएको छ । अन्य धेरै जिल्लामा भारी वर्षा भएको छ । 

पूर्वी नेपालमा बढी वर्षा भएको जानकारी दिँदै विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको जानकारी दिए । भोलिसम्म यो अवस्था रहने र विस्तारै हट्दै जाने पनि उनले बताए । 
मौसमविद् अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । यसका कारण नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो । 

अन्य भारी वर्षा भएका जिल्लामा सिन्धुपाल्चोक, कास्की, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी, झापामा पनि पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ । अन्य केही पहाडी जिल्लाका पहाडी क्षेत्रमा पनि भारी वर्षा भएको विभागले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत जिल्लास्थित मोदीखोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्नेहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ । 

यसैगरी बिहान इलामको कन्काइ मैनाचुलीमा पनि जलसतह सतर्कता तह आसपास पुगेको थियो । सुनसरीको सार्दुल खोलामा पनि जल सतहले सतर्कता तह पार गरेको थियो । सुनसरीको बूढीखोला दुहबी जलमापन केन्द्रमा राति १ः२० बजे भने जलसतहले खतराको तह नै पार गरेपछि साइरन बजेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वार्तामा एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी

वार्तामा एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो । यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन...
शिक्षकलाई सुमनाको अनुरोधः ‘तपाईँहरुको अनुहार देखाएर अरु स्वार्थ समूह सक्रिय भए, सचेत भईदिनुस्’

शिक्षकलाई सुमनाको अनुरोधः ‘तपाईँहरुको अनुहार देखाएर अरु स्वार्थ समूह सक्रिय भए, सचेत भईदिनुस्’

‘उपसमितिको प्रतिवेदन त संसदको वेबसाइटमा सार्वजनिक नै छ । एकताली उहाँहरुले त्यो पढ्नुपर्यो । धेरैवटा उहाँहरुको माग पुरा पनि भएको छ । त्यो शिलशिलामा अब मैले शिक्षक महासंघ...
एमाले मुख्यालय च्यासल पुगेर ओलीको पर्खाइमा विद्या भण्डारी

एमाले मुख्यालय च्यासल पुगेर ओलीको पर्खाइमा विद्या भण्डारी

अहिले भण्डारी पार्टीका नेताहरुसँग अनौपचारिक कुराकानी गरेर ओलीलाई पर्खीरहेकी छिन् । औपचारिकरुपमा एमाले राजनीतिमा फर्कीने घोषणा गरेपछि ओली र भण्डारीको यो पहिलो भेट हो ।

भर्खरै