नेभिगेशन
समाज

अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न आग्रह गरेका छन् । सुरक्षित स्थानमा तथा मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका हुन् । विभागले जारी गरेको विवरण सार्वजनिक गर्दै  प्रधानमन्त्री सामाजिक सञ्जालमा सचेत रहन अनुरोध गरेका छन् ।
उनले लेखेका छन्, “शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ । अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु”।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बस्न लागेको छ। पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको...
सिंहदरबारमा विपक्षी दलहरूको बैठक

सिंहदरबारमा विपक्षी दलहरूको बैठक

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेसहित नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीका नेताहरू सहभागी छन् ।
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।