नेभिगेशन
मुख्य समाचार

पार्टी विवरण अद्यावधिक नगरेपछि रास्वपा पुग्याे निर्वाचन आयोग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा पार्टी विवरण अद्यावधिकको माग लिएर पुगेको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी केही कानून व्यवसायीहरूको साथमा शुक्रबार आयोग पुगेका हुन्।

बुर्लाकोटीका अनुसार एक वर्षअघि नै आयोगमा पार्टी विवरण अद्यावधिक गर्न आवश्यक सम्पूर्ण कागजात पेश गरिएको भए पनि अहिलेसम्म आयोगले त्यसलाई कार्यान्वयनमा नल्याएको हो। यही विषयमा स्पष्टिकरण माग्न र छलफल गर्न उनी आयोग पुगेको बताए।

"हामीले आवश्यक सबै प्रमाणपत्रहरू बुझाइसकेका छौँ। अदालतबाट पनि कुनै प्रकारको अन्तरिम आदेश (स्टे अर्डर) छैन। तर, आयोगले विवरण अद्यावधिक नगरेपछि हामी छलफलका लागि आएका हौँ," उनले भने।

यसबीच, राप्रपाबाट निष्कासित डा. मुकुल ढकालले आफूमाथिको कारबाहीविरुद्ध दायर गरेको मुद्दा विचाराधीन रहे पनि त्यसले रास्वपाको विवरण अद्यावधिक प्रक्रियामा कुनै असर पार्न नहुने बुर्लाकोटीको जिकिर छ। "मुद्दामा अदालतले अन्तरिम आदेश नदिएकाले आयोगले विवरण अद्यावधिक गर्नबाट रोकिनुपर्ने कुनै कानुनी आधार छैन," उनले स्पष्ट पारे।

रास्वपाले निर्वाचन आयोगसँग चाँडो निर्णय दिन आग्रह गर्दै विवरण अद्यावधिक प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।