नेभिगेशन
समाज

पार्टी विवरण अद्यावधिक नगरेपछि रास्वपा पुग्याे निर्वाचन आयोग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा पार्टी विवरण अद्यावधिकको माग लिएर पुगेको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी केही कानून व्यवसायीहरूको साथमा शुक्रबार आयोग पुगेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुर्लाकोटीका अनुसार एक वर्षअघि नै आयोगमा पार्टी विवरण अद्यावधिक गर्न आवश्यक सम्पूर्ण कागजात पेश गरिएको भए पनि अहिलेसम्म आयोगले त्यसलाई कार्यान्वयनमा नल्याएको हो। यही विषयमा स्पष्टिकरण माग्न र छलफल गर्न उनी आयोग पुगेको बताए।

Ncell
Extreme Energy

"हामीले आवश्यक सबै प्रमाणपत्रहरू बुझाइसकेका छौँ। अदालतबाट पनि कुनै प्रकारको अन्तरिम आदेश (स्टे अर्डर) छैन। तर, आयोगले विवरण अद्यावधिक नगरेपछि हामी छलफलका लागि आएका हौँ," उनले भने।

यसबीच, राप्रपाबाट निष्कासित डा. मुकुल ढकालले आफूमाथिको कारबाहीविरुद्ध दायर गरेको मुद्दा विचाराधीन रहे पनि त्यसले रास्वपाको विवरण अद्यावधिक प्रक्रियामा कुनै असर पार्न नहुने बुर्लाकोटीको जिकिर छ। "मुद्दामा अदालतले अन्तरिम आदेश नदिएकाले आयोगले विवरण अद्यावधिक गर्नबाट रोकिनुपर्ने कुनै कानुनी आधार छैन," उनले स्पष्ट पारे।

रास्वपाले निर्वाचन आयोगसँग चाँडो निर्णय दिन आग्रह गर्दै विवरण अद्यावधिक प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।
ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बस्न लागेको छ। पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको...
सिंहदरबारमा विपक्षी दलहरूको बैठक

सिंहदरबारमा विपक्षी दलहरूको बैठक

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेसहित नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीका नेताहरू सहभागी छन् ।