नेभिगेशन
समाज

मकवानपुरमा सिडिओ र एसपीविरुद्ध हेटौंडा उपमहानगरका जनप्रतिनिधि आन्दोलित,वडाको काम जिल्ला प्रशासन परिसरबाटै

मकवानपुर । हेटौंडा उपमहानगरका वडाध्यक्षहरूले जिल्ला प्रशासन कार्यालयमा टेबल राखेर सेवा प्रदान गर्दै आजबाट आन्दोलनको शुरुवात गरेका छन् । प्रहरी प्रशासनको लाचारीपनका कारण जनप्रतिनिधिहरूको असुरक्षा बढेको भन्दै विरोध स्वरुप जिल्ला प्रशासन कार्यालय मकवानपुरको परिसरबाटै वडाका कामहरु गर्न थालेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असार ४ गते हेटौंडा उपमहानगरका प्रवक्ता तथा वडा नम्बर–१ का वडाध्यक्ष सविन न्यौपानेलाई कार्यकक्षमै कालोमोसो प्रहार गर्दै दुर्व्यवहार गरेको र १ महिना बितिसक्दा पनि दोषी पक्राऊ नगरेको भन्दै जनप्रतिनिधिहरू आन्दोलित भएका हुन् । दुर्व्यवहार गर्नेहरुको बारेमा प्रहरी प्रशासन जानकार रहेको, वडा कार्यालयको सिसिटिभि क्यामेरामा आक्रमणकारीहरुको पहिचान देखिएता पनि प्रहरी मौन बसेर विषय ढिसमिस पार्न लागेकाले आन्दोलन गर्नु परेको उपमहानगरका प्रवक्ता तथा पीडित सविन न्यौपानेले बताएका छन् । 

Ncell
Extreme Energy

प्रहरी प्रशासन कसैको दबाबमा परेर दोषीलाई पक्राऊ नगरेको र दोषीसँग प्रहरी नै मिलेको आफूहरुलाई लागेको हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाले आरोप लगाएका छन् । जनप्रतिनिधिहरु जिल्ला प्रशासन परिसरमै आएर सेवा प्रवाह गर्न लागेपछि जिल्ला प्रशासन कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

आफुहरुले दोषीलाई खोजी गरिरहेको भएपनि पक्राऊ गर्न नसकिएको मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्काले दाबी गरेका छन् । 

जनप्रतिनिधिहरुको विरोध पछि अहिले सुरक्षा समितिको बैठक बसिरहेको छ । समग्र जिल्लाको शात्नि सुरक्षा हेर्ने जिम्मेवारीमा रहेको जिल्ला प्रशासन कार्यालयले आफूहरुले दोषीलाई पक्राऊ गर्न मातहतलाई आदेश गरेपनि पक्राऊ गर्न नसकिएको स्वीकारेको छ । 

पछिल्ला दिनहरुमा जिल्लाको सुरक्षा अवस्था ज्यादै कमजोर भएको भन्दै हेटौंडामा प्रहरी– प्रशासनको चौतर्फी विरोध भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक विश्वराज खड्काबाट न्याय पाउने सम्भावना नरहेकाले वार्तामा समेत नबस्ने  र सुरक्षाको प्रत्याभूत नभएसम्म आन्दोलन जारी रहने जनप्रतिनिधिहरुले जनाएका छन् । करिब एक महिना अगाडि हेटौंडाको मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँदा र वडाध्यक्षमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्ध व्यवसायी समेत आन्दोलित भएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।