नेभिगेशन
मुख्य समाचार

शिक्षकलाई सुमनाको अनुरोधः ‘तपाईँहरुको अनुहार देखाएर अरु स्वार्थ समूह सक्रिय भए, सचेत भईदिनुस्’

काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले विधालय शिक्षा विधेयकमा शिक्षकहरुको आवरणमा स्वार्थ समूहरुले आफ्ना मागहरु थप्न थालेको बताएकी छिन् । उनले शिक्षकहरुको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित नभएको बताइन् । 

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले शिक्षकहरुसँग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश विषय समावेश भएको भन्दै अब पनि शिक्षकहरुले थप मागमा अडान लिन नहुने बताएकी हुन् । 

City Express

‘उपसमितिको प्रतिवेदन त संसदको वेबसाइटमा सार्वजनिक नै छ । एकताली उहाँहरुले त्यो पढ्नुपर्यो । धेरैवटा उहाँहरुको माग पुरा पनि भएको छ । त्यो शिलशिलामा अब मैले शिक्षक महासंघ र शिक्षक साथीहरुलाई के भन्छु भने तपाईँहरुको अनुहार देखाएर अरु स्वार्थ समूहले अरु बुँदाहरु खोल्न थालेका छन् । तपाईँहरु कृपया सचेत भईदिनुस् । तपाईँहरुसँग भएको सम्झौताको दस्तावेज मन्त्रालयले तपाईँहरुलाई दिएकै होला । त्यो सार्वजनिक गर्न पनि आग्रह गर्दछु’ , सांसद श्रेष्ठले भनिन् ।  

विधालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न उनले शिक्षकहरुलाई सुझाव दिइन् । श्रेष्ठले शिक्षकहरुको अनुहार देखाएर अरु समूहले समेत विधेयकमाथि खेल्न थालेको भन्दै सचेत हुन आग्रह गरिन् । उनले बढुवाको तीनओटा व्यवस्था गरेको बताइन् । 

उनले शिक्षामन्त्रीकै आग्रहका कारण विधेयक पास गर्न ढिलाई भएको भन्दै यसमा राजनीतिक दलहरु समेत गम्भीर हुनुपर्ने बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी आन्दोलन जाँचबुझ आयोगमा नख्खुका जेलरको बयान: 'रविका कारण जेल बच्यो, उहाँलाई धन्यवाद !'

जेनजी आन्दोलन जाँचबुझ आयोगमा नख्खुका जेलरको बयान: 'रविका कारण जेल बच्यो, उहाँलाई धन्यवाद !'

'जेलमा बाहिरबाट ठुलो आक्रमण र जोखिम थियो । त्यो भिडमा हजारौं मान्छे थिए । को को थिए मैले चिन्ने कुरा भएन ।' जेलर जोशीको भनाई उदृत गर्दै स्रोत...
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
नानक जयन्ती मनाइँदै

नानक जयन्ती मनाइँदै

यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिने यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका कार्यक्रम गर्दै आएका छन् ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, आलु रातो...