नेभिगेशन
समाज

शिक्षकलाई सुमनाको अनुरोधः ‘तपाईँहरुको अनुहार देखाएर अरु स्वार्थ समूह सक्रिय भए, सचेत भईदिनुस्’

काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले विधालय शिक्षा विधेयकमा शिक्षकहरुको आवरणमा स्वार्थ समूहरुले आफ्ना मागहरु थप्न थालेको बताएकी छिन् । उनले शिक्षकहरुको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित नभएको बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले शिक्षकहरुसँग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश विषय समावेश भएको भन्दै अब पनि शिक्षकहरुले थप मागमा अडान लिन नहुने बताएकी हुन् । 

Ncell
Extreme Energy

‘उपसमितिको प्रतिवेदन त संसदको वेबसाइटमा सार्वजनिक नै छ । एकताली उहाँहरुले त्यो पढ्नुपर्यो । धेरैवटा उहाँहरुको माग पुरा पनि भएको छ । त्यो शिलशिलामा अब मैले शिक्षक महासंघ र शिक्षक साथीहरुलाई के भन्छु भने तपाईँहरुको अनुहार देखाएर अरु स्वार्थ समूहले अरु बुँदाहरु खोल्न थालेका छन् । तपाईँहरु कृपया सचेत भईदिनुस् । तपाईँहरुसँग भएको सम्झौताको दस्तावेज मन्त्रालयले तपाईँहरुलाई दिएकै होला । त्यो सार्वजनिक गर्न पनि आग्रह गर्दछु’ , सांसद श्रेष्ठले भनिन् ।  

विधालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न उनले शिक्षकहरुलाई सुझाव दिइन् । श्रेष्ठले शिक्षकहरुको अनुहार देखाएर अरु समूहले समेत विधेयकमाथि खेल्न थालेको भन्दै सचेत हुन आग्रह गरिन् । उनले बढुवाको तीनओटा व्यवस्था गरेको बताइन् । 

उनले शिक्षामन्त्रीकै आग्रहका कारण विधेयक पास गर्न ढिलाई भएको भन्दै यसमा राजनीतिक दलहरु समेत गम्भीर हुनुपर्ने बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ उम्मेदवार

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ उम्मेदवार

नेपाली कांग्रेसको १५औँं महाधिवेशनमा पत्रकार पृष्ठभूमिकाका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।