नेभिगेशन
मुख्य समाचार

रूपन्देही ३ को उपनिर्वाचन कार्यतालिका सार्वजनिक, असोज २१ गते उम्मेदवारी दर्ता


काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार असोज २१ गते  बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारको प्रारम्भिक सूचि सोही दिन साँझ ५ देखि ७ बजेभित्र प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।

उम्मेदवारको सूचीमा उजुरी दिन असोज २२ बिहान १० देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। सोही दिनको दिउँसो १५ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ११ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यतालिका छ।

उम्मेदवारी फिर्ताका लागि असोज २४ गते बिहान १० देखि १२ बजेको समय तोकिएको छ। आयोगले सोही दिन दिउँसो १ देखि ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। भने सोही दिन साँझ ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका बनाएको छ । 
यस्तै कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। २०७९ मा रुपन्देही ३ बाट निर्वाचित दिपक बोहराको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।