नेभिगेशन
समाज

रूपन्देही ३ को उपनिर्वाचन कार्यतालिका सार्वजनिक, असोज २१ गते उम्मेदवारी दर्ता


काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार असोज २१ गते  बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारको प्रारम्भिक सूचि सोही दिन साँझ ५ देखि ७ बजेभित्र प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उम्मेदवारको सूचीमा उजुरी दिन असोज २२ बिहान १० देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। सोही दिनको दिउँसो १५ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ११ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यतालिका छ।

Ncell
Extreme Energy

उम्मेदवारी फिर्ताका लागि असोज २४ गते बिहान १० देखि १२ बजेको समय तोकिएको छ। आयोगले सोही दिन दिउँसो १ देखि ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। भने सोही दिन साँझ ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका बनाएको छ । 
यस्तै कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। २०७९ मा रुपन्देही ३ बाट निर्वाचित दिपक बोहराको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।