नेभिगेशन
मुख्य समाचार

सकियाे ओली-भण्डारी भेटवार्ता, भण्डारी भन्छीन् : राष्ट्रिय राजनीतिको कुरा भयो

 काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । एमाले मुख्यालय च्यासलमा करिब २ घण्टा एक्लाएक्लै भेटवार्ता गरेपछि निस्किदै गर्दा भण्डारीले राष्ट्रिय राजनीतिका विषयमा कुरा भएको छोटो प्रतिक्रिया दिएकी थिइन् । पार्टी सदस्यता नवीकरणको विषयमा गरिएको प्रश्नमा उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पहिले नै भइसकेको छ । छलफलको थप विषयमा भने पार्टीको च्यानलबाट आउने बताएकी थिइन् । 

भण्डारीले राजनीतिमा फर्कीने घोषणा गरेसँगै एमालेको आन्तरिक राजनीतिमा समेत धेरै प्रभाव पर्ने आकलन सहित बहस भैरहेको छ । यहि बिचमा २ दिनसम्म चलेको पोलिटब्यूरो बैठकले एमालेमा ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्थानै हटाएको थियो भने भण्डारीको सदस्य नविकरण होल्ड गर्ने प्रस्ताव गरेको थियो । 

तर भण्डारीले असार १४ मै आफूले पार्टीको सदस्यता नविकरण गरिसकेको घोषणा गरेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।