नेभिगेशन
समाज

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

सङ्खुवासभा . सङ्खुवासभामा हत्या प्रकरणका अभयुक्त २१ वर्षपछि पक्राउ परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका हुन् । हत्यालगत्तै फरार भएका चैनपुर नगरपालिका–९ खाम्लिङका ६२ वर्षीय शम्शेरबहादुर तामाङलाई २१ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

Ncell
Extreme Energy

भोजपुरका ३६ वर्षीय तामाङको २०६१ साल चैत २२ गते खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट चैनपुर नगरपालिका–११ सातटारेतर्फ जाँदै गर्दा ३६ वर्षीय विश्वकर्माको हत्या भएको थियो । प्रहरीले सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले ६२ वर्षीय तामाङलाई खाम्लिङस्थित घर नजिकैबाट पक्राउ गरेको प्रहरी निरीक्षक लामिछानेले atfP । हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भए पनि फरार थिए ।

पुनरावेदन अदालत धनकुटाले २०६९ असार १७ गते दुई वर्ष कैद सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा हालसम्म तीन जना पक्राउ परिसकेका छन् । सङ्खुवासभामा गत आर्थिक वर्ष २८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । चालु आर्थिक वर्षको सुरुआतमा एक फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।