नेभिगेशन
मुख्य समाचार

यस्तो छ चाक्सीबारीमा भएको कांग्रेसका पूर्वपदाधिकारीको छलफलको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरुले वर्तमान सरकारले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको कांग्रेसका पूर्वपदाधिकारीको छलफलले अहिलेको सरकार एमाले–कांग्रेस गठबन्धन मिलेर बनेकाले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले जानकारी दिए । अहिलेको गठबन्धन ८४ को निर्वाचनसम्मै जाने भएकाले विश्वासको आधारमा काम गर्नुपर्ने उनले बताए । 

सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्नुपर्छ भनेर नेता सिंहलाई भनेको र सिंहले यस बिषयमा प्रधानमन्त्रीसंग कुरा गर्ने सिटौलाले बताए । 

त्यस्तै उनले कांग्रेस एमालेबिचको सात बुँदे सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भनिएपनि अझै सुरु हुन नसकेको भन्दै अब संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए

नेताहरुबीच भएको छलफलका बारेमा पार्टी सभापति शेरबहादुर देउवालाई समेत भेटेर जानकारी गराउने सिटौलाको भनाइ छ । छलफलमा नेता सिंह, सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार,  गोपालमान श्रेष्ठ, डा.शशांक कोइराला र डा प्रकाशशरण महत सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
होटलमा सपथ खाएका मधेशका मुख्यमन्त्री भन्छन्ः लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेँ

होटलमा सपथ खाएका मधेशका मुख्यमन्त्री भन्छन्ः लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेँ

संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै यादवले दलहरुले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा राखे । विगतमा सरकार बन्दा...
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सानेपामा सुरु

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सानेपामा सुरु

कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक मंगलबार बसेको हो । गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको...
मतदाता नामावली दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सर्वसाधारणको भिड(तस्बिरहरु)

मतदाता नामावली दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सर्वसाधारणको भिड(तस्बिरहरु)

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया केही दिन मात्र बाँकी रहँदा देशभरका निर्वाचन कार्यालयहरूमा यतिबेला सर्वसाधारणको उत्साहजनक सहभागिता बढेको छ।
तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने...

भर्खरै