नेभिगेशन
समाज

देवघाटमा निर्माण सुरुभएको सात वर्षपछि विद्युतीय शवदाह सञ्चालनमा आउँदै

चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो । मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको शवदाह भवन सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले निर्माण गरेको हो । कार्यालयका प्रमुख झपटबहादुर थापाका अनुसार साउन महिना भित्रमा शवदाह भवनको बाँकी काम सम्पन्न गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।

Ncell
Extreme Energy

उनले भने, भवनको निर्माणसम्पन्न भए पनि यसमा विद्युत् जोड्ने, शवदाहको मेसिन जडान, प्रविधिलाई तालिमलगायतको काम बाँकी रहेकाले यी सबै काम सम्पन्न गरेर शव पोल्ने जनशक्तिलाई तालिम दिएपछि दायित्व पूरा हुने र आन्तरिक तयारीको सबै काम सकिएपछि भवन हस्तान्तरण गरिने उनले बताए ।
 
भवनको काम हेर्दै आएका कार्यालयका इन्जिनियर द्रोण कटुवालका अनुसार विद्युत् जडानका लागि मिटर आइसकेको छ । केही दिनमा मिटर जडान हुनेछ । यससँगै महानगरपालिकाले पठाउने जनशक्तिलाई तालिम दिइनेछ । भवनमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । ती मेसिनले अधिकतम ९० मिनेटमा शवलाई जलाउनेछन् । शव राख्नुपर्दा चारवटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।
 
बर्सातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । क्रियापुत्री बस्नका लागि ठाउँ छुट्याइएको छैन । आवश्यकताअनुसार क्रियापुत्रीका लागि भुइँतलामा व्यवस्थापन गर्न सकिने उनले बताए । भवनमा शौचालय, स्नानघरलगायतका सुविधासमेत रहेको छ । 

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताए । उनका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् । ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा रु दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उनले बताए । 
 
बर्सातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उनले बताए । सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो । शवदाह भवन ६०० वर्गमिटर क्षेत्रफलमा बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।