नेभिगेशन
समाज

हामी पुरानो हुनुमा गौरव गर्छौँ: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुरानो सबै थोत्रो र मूल्यहिन भन्ने समाजमा रहेको जवरजस्त निर्माण गर्न खोजिएको नकारात्मक भाष्यबाट कांग्रेस निस्कनुपर्ने बताएका छन् । आफ्नो पार्टी पुरानो भएकोमा गौरव राख्दै नयाँ कुरालाई सिक्न तयार रहेको उनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो हुनु भनेको सबैभन्दा मूल्यहिन भन्ने ढंगबाट समाजमा जबरजस्त नकारात्मक भाष्य स्थापित गर्न खोजिदै छ, त्यसबाट नेपाली कांग्रेस पार्टी निस्केर आउन पर्नेछ’, थापाले भने । 

Ncell
Extreme Energy

कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा थापाले पुराना कुरालाई जोगाउदै नयाँ ज्ञानको खोजि गर्नका लागि पार्टी कार्यालयमा पुस्तकालय स्थापना गरेको उल्लेख गरे । उनले आफूलाई पुरानो हुनुमा गौरव रहेको समेत बताए । 

‘हामीलाई पुरानो भएकोमा गौरव छ । हामीलाई हाम्रो धेरै परम्पराहरुमा गौरव छ । यो मुलुकमा त्यही पुरानो नेपाली कांग्रेसले योगदान गरेको छ । तर हामी सँगसँगै नयाँ जमानाको नयाँ कुराहरु सिक्न पनि तयार छौँ, सुन्न पनि तयार छौँ, ग्रहण गर्न तयार छौँ ।’ 

कार्यक्रममा पार्टी कार्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।