नेभिगेशन
मुख्य समाचार

रुपन्देही-३ उपनिर्वाचन : राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेदेखि अघि बढाउने

रुपन्देही । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८२ अन्तर्गत रुपन्देही क्षेत्र नं. ३ मा उम्मेदवार चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन ७ गतेदेखि  छनोट प्रक्रिया प्रारम्भ गर्ने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई तोकिएको मापदण्ड र निर्वाचन आयोगको कानुनी योग्यता पूरा गरी आवेदन दिन आह्वान गरेको हो।

सूचना अनुसार उम्मेदवारको दरखास्त दिने प्रक्रिया साउन ७ गते बिहान १० बजेबाट सुरु भई साउन २१ गते साँझ ५ बजेसम्म खुला हुनेछ। उम्मेदवारी आवेदन रास्वपाको मोबाइल एप डाउनलोड गरी सोही एपमार्फत अनलाइन पेस गर्न सकिनेछ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रिया र मितिहरू यस प्रकार निर्धारण गरेको छ:

📌 साउन ७–२१: उम्मेदवार आह्वान
📌 साउन २२: प्राप्त आवेदनहरूको नामावली प्रकाशन
📌 साउन २३–२४: उम्मेदवारीमाथि दाबी विरोधको समय
📌 साउन २५: उम्मेदवारहरूसँग छलफल
📌 साउन २६: प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन
📌 साउन २७–भदौ ११: लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशिताको मापन
📌 भदौ १२–१३: प्रारम्भिक निर्वाचन
📌 भदौ १५: अन्तिम उम्मेदवारको नामावली प्रकाशन

रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, वैज्ञानिक र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले चरणबद्ध रुपमा अघि बढाउने जनाएको छ।
उपनिर्वाचनसम्बन्धी थप जानकारी आवश्यक परेमा रास्वपाले आफ्नो केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति तथा रुपन्देही जिल्ला समितिसँग सम्पर्क तथा समन्वय गर्न अनुरोध गरेको छ।

नेपाल निर्वाचन आयोगले यसअघि २०८२ कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन हुने घोषणा गरिसकेको छ।

 

WhatsApp-Image-2025-07-21-at-5.50.00-PM-1753104149.jpeg

WhatsApp-Image-2025-07-21-at-5.49.56-PM-1753104149.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...