नेभिगेशन
समाज

रुपन्देही-३ उपनिर्वाचन : राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेदेखि अघि बढाउने

रुपन्देही । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८२ अन्तर्गत रुपन्देही क्षेत्र नं. ३ मा उम्मेदवार चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन ७ गतेदेखि  छनोट प्रक्रिया प्रारम्भ गर्ने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई तोकिएको मापदण्ड र निर्वाचन आयोगको कानुनी योग्यता पूरा गरी आवेदन दिन आह्वान गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूचना अनुसार उम्मेदवारको दरखास्त दिने प्रक्रिया साउन ७ गते बिहान १० बजेबाट सुरु भई साउन २१ गते साँझ ५ बजेसम्म खुला हुनेछ। उम्मेदवारी आवेदन रास्वपाको मोबाइल एप डाउनलोड गरी सोही एपमार्फत अनलाइन पेस गर्न सकिनेछ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रिया र मितिहरू यस प्रकार निर्धारण गरेको छ:

Ncell
Extreme Energy

📌 साउन ७–२१: उम्मेदवार आह्वान
📌 साउन २२: प्राप्त आवेदनहरूको नामावली प्रकाशन
📌 साउन २३–२४: उम्मेदवारीमाथि दाबी विरोधको समय
📌 साउन २५: उम्मेदवारहरूसँग छलफल
📌 साउन २६: प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन
📌 साउन २७–भदौ ११: लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशिताको मापन
📌 भदौ १२–१३: प्रारम्भिक निर्वाचन
📌 भदौ १५: अन्तिम उम्मेदवारको नामावली प्रकाशन

रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, वैज्ञानिक र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले चरणबद्ध रुपमा अघि बढाउने जनाएको छ।
उपनिर्वाचनसम्बन्धी थप जानकारी आवश्यक परेमा रास्वपाले आफ्नो केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति तथा रुपन्देही जिल्ला समितिसँग सम्पर्क तथा समन्वय गर्न अनुरोध गरेको छ।

नेपाल निर्वाचन आयोगले यसअघि २०८२ कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन हुने घोषणा गरिसकेको छ।

 

WhatsApp-Image-2025-07-21-at-5.50.00-PM-1753104149.jpeg

WhatsApp-Image-2025-07-21-at-5.49.56-PM-1753104149.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।