नेभिगेशन
मुख्य समाचार

अर्घाखाँचीमा मकैबाली जोगाउन हेरालु नियुक्त

अर्घाखाँची । अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ । सो कार्यका लागि २० कर्मचारी नियुक्ति गरिएको छ । 

डिभिजन वन कार्यालयले वन्यजन्तु प्रभावित क्षेत्रलाई लक्षित गरी वन संवद्र्धन प्राणालीमा आधारित वन व्यवस्थापन कार्य गरिरहेका १० समूहको समेत लागत साझेदारीमा जिल्लामा पहिलोपटक २० स्थानका लागि हेरालु नियुक्त गरिएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए । कार्यालयले आगामी कात्तिक ५ गतेसम्मका लागि मकैबालीलाइ लक्षित गरी सञ्चार तथा पारिश्रमिक खर्च व्यहोर्ने गरी हेरालुलाई प्रभावित क्षेत्रमा आवश्यक सामग्रीसहित खटाएको छ ।

CG

वन्यजन्तुबाट प्रभावित सन्धिखर्क नगरपालिकाको किमडाँडा र पटुवाथुम, पाणिनी गाउँपालिकाको  पाली र अडगुरी, छत्रदेव गाउँपालिकाको चिदीका, बल्कोट, केरुङगा र अर्घातोष तथा मालारानी गाउँपालिकाको खनलगायतका स्थानमा उनीहरुलाई खटाइएको कार्यालयका सूचना अधिकारी केशव खड्काले बताए ।  छ वटा स्थानीय तहका १० क्षेत्रमा दुई–दुई जनाका दरले हेरालु राखिएको छ । हेरालुले मासिक रु १० हजार पारिश्रमिकसहित सञ्चारक खर्च पाउने छन् । 

शीतगङ्गा नगरपालिकामा वन व्यवस्थापनमा खटिएको १० सामुदायिक वनले मासिक रु दुई लाख सहयोग गरेको छ । साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा रहने मकै, सिमी, बोडी,  फर्सी, काँक्रालगायतका अन्न र तरकारी बालीमा बाँदर र बँदेलको आतङ्क हुने भएकाले यस वर्ष परीक्षणका रूपमा हेरालु राखिएको हो । नियुक्त गरिएका कर्मचारीलाई बाँदर र बँदेल धपाउन तालिम पनि दिइएको थियो । हेरालुले दिनभर गरेको कामको विवरण हरेक दिन डिभिजन वन कार्यालयमा पठाउन निर्देशन दिएको सूचना अधिकारी खड्काले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुग्लिन–पोखरा सडकअन्तर्गतको मादी पुल निर्माणको अन्तिम चरणमा

मुग्लिन–पोखरा सडकअन्तर्गतको मादी पुल निर्माणको अन्तिम चरणमा

उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार पुल निर्माण तीव्रगतिमा अगाडि बढाइएको छ ।
एमालेको नयाँ नेतृत्वका लागि आज मतदानः ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

एमालेको नयाँ नेतृत्वका लागि आज मतदानः ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार मंगलबार मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि सोमबार राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली...
पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५...