नेभिगेशन
समाज

अर्घाखाँचीमा मकैबाली जोगाउन हेरालु नियुक्त

अर्घाखाँची । अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ । सो कार्यका लागि २० कर्मचारी नियुक्ति गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डिभिजन वन कार्यालयले वन्यजन्तु प्रभावित क्षेत्रलाई लक्षित गरी वन संवद्र्धन प्राणालीमा आधारित वन व्यवस्थापन कार्य गरिरहेका १० समूहको समेत लागत साझेदारीमा जिल्लामा पहिलोपटक २० स्थानका लागि हेरालु नियुक्त गरिएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए । कार्यालयले आगामी कात्तिक ५ गतेसम्मका लागि मकैबालीलाइ लक्षित गरी सञ्चार तथा पारिश्रमिक खर्च व्यहोर्ने गरी हेरालुलाई प्रभावित क्षेत्रमा आवश्यक सामग्रीसहित खटाएको छ ।

Ncell
Extreme Energy

वन्यजन्तुबाट प्रभावित सन्धिखर्क नगरपालिकाको किमडाँडा र पटुवाथुम, पाणिनी गाउँपालिकाको  पाली र अडगुरी, छत्रदेव गाउँपालिकाको चिदीका, बल्कोट, केरुङगा र अर्घातोष तथा मालारानी गाउँपालिकाको खनलगायतका स्थानमा उनीहरुलाई खटाइएको कार्यालयका सूचना अधिकारी केशव खड्काले बताए ।  छ वटा स्थानीय तहका १० क्षेत्रमा दुई–दुई जनाका दरले हेरालु राखिएको छ । हेरालुले मासिक रु १० हजार पारिश्रमिकसहित सञ्चारक खर्च पाउने छन् । 

शीतगङ्गा नगरपालिकामा वन व्यवस्थापनमा खटिएको १० सामुदायिक वनले मासिक रु दुई लाख सहयोग गरेको छ । साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा रहने मकै, सिमी, बोडी,  फर्सी, काँक्रालगायतका अन्न र तरकारी बालीमा बाँदर र बँदेलको आतङ्क हुने भएकाले यस वर्ष परीक्षणका रूपमा हेरालु राखिएको हो । नियुक्त गरिएका कर्मचारीलाई बाँदर र बँदेल धपाउन तालिम पनि दिइएको थियो । हेरालुले दिनभर गरेको कामको विवरण हरेक दिन डिभिजन वन कार्यालयमा पठाउन निर्देशन दिएको सूचना अधिकारी खड्काले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरा सहित उनका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेत, नारायण दाहाल, दिपक तिमल्सिना र नवराज थपलियाको घरमा खोजतलास गरेको हो ।
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।