नेभिगेशन
समाज

तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा हल्ला मात्र होः मन्त्री पाण्डे

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताए । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रुपमा अघि बढाउने कुरा भएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाण्डेले भने, “मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरुमा यस विषयमा कुरा भएको छैन ।” अहिले बाहिर हल्ला सुनेको भन्दै उनले कांग्रेस सभापति र प्रधानमन्त्रीबाट त्यस्तो कुरा नआएको बताए । 

Ncell
Extreme Energy

सरकार एक वर्ष अझै जाने बताउँदै उनले  सत्ता गठबन्धन विसं २०८४ सम्म रहने बताए । बाहिरी हल्लाको कुनै सत्यता नरहेको र प्रधानमन्त्रीले तीव्रताका साथ काम गर्न निर्देशन दिएको बताए । 

फरक प्रसङ्गमा बोल्दै उनले भरतपुर विमानस्थल विस्तारमा केही जटिलता रहेको बताए । 
 उनले भने, “सरोकारवाला पक्ष, सेना लगायतसँग हामीले छलफल गरिरहेका छौँ, यस पटक नागरिक उड्डयन प्राधिकरणको बजेटमा समावेश गरेर विस्तारको काम अघि बढ्छ ।” कोरोनापछि नेपाल आउने पर्यटक घटेकामा पछिल्ला दिनमा यो सङ्ख्या बढ्दै गएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरा सहित उनका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेत, नारायण दाहाल, दिपक तिमल्सिना र नवराज थपलियाको घरमा खोजतलास गरेको हो ।
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।