नेभिगेशन
मुख्य समाचार

तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा हल्ला मात्र होः मन्त्री पाण्डे

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताए । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रुपमा अघि बढाउने कुरा भएको बताए । 

पाण्डेले भने, “मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरुमा यस विषयमा कुरा भएको छैन ।” अहिले बाहिर हल्ला सुनेको भन्दै उनले कांग्रेस सभापति र प्रधानमन्त्रीबाट त्यस्तो कुरा नआएको बताए । 

सरकार एक वर्ष अझै जाने बताउँदै उनले  सत्ता गठबन्धन विसं २०८४ सम्म रहने बताए । बाहिरी हल्लाको कुनै सत्यता नरहेको र प्रधानमन्त्रीले तीव्रताका साथ काम गर्न निर्देशन दिएको बताए । 

फरक प्रसङ्गमा बोल्दै उनले भरतपुर विमानस्थल विस्तारमा केही जटिलता रहेको बताए । 
 उनले भने, “सरोकारवाला पक्ष, सेना लगायतसँग हामीले छलफल गरिरहेका छौँ, यस पटक नागरिक उड्डयन प्राधिकरणको बजेटमा समावेश गरेर विस्तारको काम अघि बढ्छ ।” कोरोनापछि नेपाल आउने पर्यटक घटेकामा पछिल्ला दिनमा यो सङ्ख्या बढ्दै गएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
होटलमा सपथ खाएका मधेशका मुख्यमन्त्री भन्छन्ः लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेँ

होटलमा सपथ खाएका मधेशका मुख्यमन्त्री भन्छन्ः लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेँ

संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै यादवले दलहरुले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा राखे । विगतमा सरकार बन्दा...
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सानेपामा सुरु

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सानेपामा सुरु

कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक मंगलबार बसेको हो । गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको...
मतदाता नामावली दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सर्वसाधारणको भिड(तस्बिरहरु)

मतदाता नामावली दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सर्वसाधारणको भिड(तस्बिरहरु)

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया केही दिन मात्र बाँकी रहँदा देशभरका निर्वाचन कार्यालयहरूमा यतिबेला सर्वसाधारणको उत्साहजनक सहभागिता बढेको छ।
तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने...

भर्खरै