नेभिगेशन
मुख्य समाचार

सरकारमा कांग्रेस निरिह भयो, एमालेले कोर भ्यालुमा हान्दा पनि लाचार भयोः डा.शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धनको सरकारमा कांग्रेस निरिह देखिएको बताएका छन् । 

बिपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा मंगलबार काठमाडौंमा आयोजना कार्यक्रममा कोइरालाले गठबन्धनको सरकारमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गर्दा कांग्रेस निरिहजस्तै देखिएको बताएका हुन् । उनले कुलिङ अफ पिरियडलाई हटाउने एमालेको प्रयास स्वीकार्य नहुने बिषय पार्टी सभापतिले प्रधानमन्त्रीलाई स्पष्ट राख्न सक्नुपर्ने बताएका थिए । 

कुलिङ अफ पिरियडका बिषयमा कांग्रेस सांसदहरुका साथै राज्य व्यवस्था समितिका सभापतिको समेत गल्ती रहेको उनले बताए । तर सच्याउने नाममा राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको कांग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो की होइन भन्ने बुझ्न जरुरी रहेको कोइरालाको भनाइ छ ।

उनलले टेक एण्ड पे र टेक अर पेमा लिएको अडान जस्तै कुलिङ अफ पिरियड समेत सभापतिको अडान आवश्यक रहेको उल्लेख गरे । त्यस्तै कोइरालाले भूमि सम्बन्धी विधेयक पारित गर्न एमालेले हतार गरेको र  भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरु डराएको बताए ।

उनले कास्की जिल्ला कमिटीले भूमिमन्त्रीको राजीनामा माग्दा कांग्रेस लाचार भएर बसेको बताए । नेपाली कांग्रेसको कोर भ्यालुमा अडान नराखेसम्म यस्ता समस्या आइरहने भन्दै उनले  समस्या निराकरणका लागि नेतृत्वले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...