नेभिगेशन
समाज

सरकारमा कांग्रेस निरिह भयो, एमालेले कोर भ्यालुमा हान्दा पनि लाचार भयोः डा.शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धनको सरकारमा कांग्रेस निरिह देखिएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा मंगलबार काठमाडौंमा आयोजना कार्यक्रममा कोइरालाले गठबन्धनको सरकारमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गर्दा कांग्रेस निरिहजस्तै देखिएको बताएका हुन् । उनले कुलिङ अफ पिरियडलाई हटाउने एमालेको प्रयास स्वीकार्य नहुने बिषय पार्टी सभापतिले प्रधानमन्त्रीलाई स्पष्ट राख्न सक्नुपर्ने बताएका थिए । 

Ncell
Extreme Energy

कुलिङ अफ पिरियडका बिषयमा कांग्रेस सांसदहरुका साथै राज्य व्यवस्था समितिका सभापतिको समेत गल्ती रहेको उनले बताए । तर सच्याउने नाममा राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको कांग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो की होइन भन्ने बुझ्न जरुरी रहेको कोइरालाको भनाइ छ ।

उनलले टेक एण्ड पे र टेक अर पेमा लिएको अडान जस्तै कुलिङ अफ पिरियड समेत सभापतिको अडान आवश्यक रहेको उल्लेख गरे । त्यस्तै कोइरालाले भूमि सम्बन्धी विधेयक पारित गर्न एमालेले हतार गरेको र  भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरु डराएको बताए ।

उनले कास्की जिल्ला कमिटीले भूमिमन्त्रीको राजीनामा माग्दा कांग्रेस लाचार भएर बसेको बताए । नेपाली कांग्रेसको कोर भ्यालुमा अडान नराखेसम्म यस्ता समस्या आइरहने भन्दै उनले  समस्या निराकरणका लागि नेतृत्वले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।