नेभिगेशन
समाज

गत आर्थिक वर्षमा ११ हजार सुरक्षित आवास निर्माणः शहरी बिकास मन्त्रालय

शहरी बिकास मन्त्रालयले आर्थिक बर्ष २०८१/८२ मा ११ हजार वटा सुरक्षित आवास निर्माण गरेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्थिक बर्ष २०८१/८२ मा भएका प्रमुख कार्यका बारेमा जानकारी गराउन मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शहरी बिकास मन्त्रालयले सोहि अवधिमा ५ वटा आकस्मिक आश्रय भवन निर्माण भएको समेत जनाएको छ । त्यस्तै पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको नेपालको सवैभन्दा लामो त्रिवेणी सुस्त बहुत्तरी झोलुङ्गेपुल सञ्चालनमा आएको, धरहरा परिसरमा निर्मित मुख्यमुख्य संरचनाहरु सर्वसाधारणका लागि खुला गरिएको, फोहरमैला व्यवस्थापन गर्न हालसम्म २ वटा व्यवस्थापन केन्द्रको निर्माण भइरहेको र १ केन्द्रको निर्माण भइरहेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनालीले जानकारी दिए । 

Ncell
Extreme Energy

त्यस्तै राष्ट्रिय शहरी नीति, २०८१, नेपाल स्मार्ट शहर सम्बन्धी सुचकका साथै बिशिष्ट संरचना तथा सम्मेलन केन्द्र गठन बिकास समिति सञ्चालन तथा व्यवस्थापन आदेश कार्यान्वयनमा आएको उनले बताए । 

यसैगरि अन्तराष्ट्रियस्तरको त्रिवि क्रिकेट स्टेडियम अन्तर्गत प्याराफेट र फ्लडलाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको, ९७ वटा स्वास्थ्य भवन निर्माण, ५ वटा सभाहल, २१ वटा सरकारी कार्यालय भवन निर्माण, ९७ वटा विद्यालय भवन निर्माण भएको प्रवक्ता मैनालीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।