नेभिगेशन
समाज

राष्ट्रिय सभा बैठकको विशेष समयमा कसले के भने ?

काठमाडौँ । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा सांसदहरूले जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले जलवायु परिवर्तन, बाढीपहिरो, महिला सहभागितालगायतका विषयमा आफ्ना धारणाहरु राखेका हुन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सबै राजनीतिक धारहरू अलग भए पनि जनसेवा, राष्ट्रिय हित र एकताको लक्ष्य साझा रहेको बताउँदै सबै मिलेर जाुनपर्ने बताए । उनले भने,  उहाँले “पहाडमा बाढीपहिरो र तराईमा पानीको अभावले जनताको दैनिकी सङ्कटमा परेको छ । कस्तो व्यवस्थापन कसरी गर्ने भन्नेमा सरकारको चासो जाओस् ।” सांसद भट्टले ‘कुलिङ अफ पिरियड’ प्रावधानमाथि अनावश्यक चलखेल देखिएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए ।  
 
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रेणु चन्दले एकीकृत निर्वाचन व्यवस्थापन विधेयक ल्याउन किन ढिलाइ भइरहेको छ भन्ने प्रश्न गरे । उनले भने, सामाजिक सञ्जालसम्बन्धी विधेयक, शिक्षा विधेयकमा पनि चासो नदिएको बताए । सांसद चन्दले एकीकृत निर्वाचन व्यवस्थापन विधेयक ल्याउन ढिलाइ भइरहेको कारणबारे प्रश्न समेत गरेका छन् । 

Ncell
Extreme Energy

उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल ल्याउनुपर्ने बताउँदै भने,  “हुन त संविधानमा सुनिश्चित छ, तर ३३ प्रतिशत महिला उम्मेद्वारी सुनिश्चित गर्ने यो विधेयकको तत्काल आवश्यकता छ । विभिन्न प्रगतिशील आन्दोलनमा बराबर सहभागी भएर मिलेर अधिकार ल्यायौँ तर हिस्साका लागि अझै लड्न बाध्य छौँ ।”
 
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदन कुमारी शाहले जलवायु परिवर्तनबाट नेपाल अत्यधिक प्रभावित भएकाले सरकारको ध्यानाकर्षण गराएकि छन् ।  उनले रसुवागढीको बाढी, डोल्पाको क्षति, मधेशको सुक्खा अवस्था र खाद्य सङ्कटको अवस्था जलवायु परिवर्तनले निम्तिएकाले योजना बनाएर कार्यक्रम गर्नुपर्ने बताइन । उनले भनिन् “जलवायु परिवर्तनका असरहरू टार्न अब युवा र महिलाको सक्रिय सहभागिता आवश्यक छ । सरकार विपद्मैत्री र जलवायु उत्तरदायी शासन प्रणालीतर्फ अग्रसर हुनुपर्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...