नेभिगेशन
मुख्य समाचार

राष्ट्रिय सभा बैठकको विशेष समयमा कसले के भने ?

काठमाडौँ । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा सांसदहरूले जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले जलवायु परिवर्तन, बाढीपहिरो, महिला सहभागितालगायतका विषयमा आफ्ना धारणाहरु राखेका हुन । 


नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सबै राजनीतिक धारहरू अलग भए पनि जनसेवा, राष्ट्रिय हित र एकताको लक्ष्य साझा रहेको बताउँदै सबै मिलेर जाुनपर्ने बताए । उनले भने,  उहाँले “पहाडमा बाढीपहिरो र तराईमा पानीको अभावले जनताको दैनिकी सङ्कटमा परेको छ । कस्तो व्यवस्थापन कसरी गर्ने भन्नेमा सरकारको चासो जाओस् ।” सांसद भट्टले ‘कुलिङ अफ पिरियड’ प्रावधानमाथि अनावश्यक चलखेल देखिएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए ।  
 
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रेणु चन्दले एकीकृत निर्वाचन व्यवस्थापन विधेयक ल्याउन किन ढिलाइ भइरहेको छ भन्ने प्रश्न गरे । उनले भने, सामाजिक सञ्जालसम्बन्धी विधेयक, शिक्षा विधेयकमा पनि चासो नदिएको बताए । सांसद चन्दले एकीकृत निर्वाचन व्यवस्थापन विधेयक ल्याउन ढिलाइ भइरहेको कारणबारे प्रश्न समेत गरेका छन् । 

उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल ल्याउनुपर्ने बताउँदै भने,  “हुन त संविधानमा सुनिश्चित छ, तर ३३ प्रतिशत महिला उम्मेद्वारी सुनिश्चित गर्ने यो विधेयकको तत्काल आवश्यकता छ । विभिन्न प्रगतिशील आन्दोलनमा बराबर सहभागी भएर मिलेर अधिकार ल्यायौँ तर हिस्साका लागि अझै लड्न बाध्य छौँ ।”
 
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदन कुमारी शाहले जलवायु परिवर्तनबाट नेपाल अत्यधिक प्रभावित भएकाले सरकारको ध्यानाकर्षण गराएकि छन् ।  उनले रसुवागढीको बाढी, डोल्पाको क्षति, मधेशको सुक्खा अवस्था र खाद्य सङ्कटको अवस्था जलवायु परिवर्तनले निम्तिएकाले योजना बनाएर कार्यक्रम गर्नुपर्ने बताइन । उनले भनिन् “जलवायु परिवर्तनका असरहरू टार्न अब युवा र महिलाको सक्रिय सहभागिता आवश्यक छ । सरकार विपद्मैत्री र जलवायु उत्तरदायी शासन प्रणालीतर्फ अग्रसर हुनुपर्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने...
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव...
कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।