नेभिगेशन
मुख्य समाचार

संघीय निजामती सेवा विधेयक २०८०, विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत

संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । 
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समिति पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी हुन ।

सभाले उक्त प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको हो । प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत पारित भएको उक्त विधेयकमा रहेको कुलिङ अफ पिरियडबारे छेडखानी गरिएको पाइएपछि छानविन गर्न संसदीय समिति गठन समेत गरिएको छ ।
कुलिङ अफ पिरियडलाई राष्ट्रियसभाबाट सच्याउने भनिएपनि एमालेका केहि सांसदहरुले कुलिङ पिरियड नै हटाउनुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् ।


त्यस्तै, राष्ट्रियसभाले नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समिति पठाएको छ । राष्ट्रियसभाको अर्को बैठक साउन ११ गते आइतबार बस्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...