नेभिगेशन
समाज

राष्ट्रिय सभामा मन्त्री बलराम अधिकारीको राजीनामा माग

काठमाडौँ । पछिल्लो समय आर्थिक अनियमितता र भ्रष्टाचारका घटना बढिरहेको भन्दै भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा धारणा राख्दै भ्रष्टाचार नियन्त्रणको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद उदयबहादुर बोहोराले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भ्रष्टाचार गतिविधिमा संलग्न रहेको श्रव्य सामग्री सार्वजनिक भइसकेको भन्दै राजीनामा माग गरेका छन् । उनले यस विषयमा निष्पक्ष छानबिन गर्न माग समेत गरेका थिए ।
त्यस्तै, सांसद कमला पन्तले दिगो विकास तथा सुशासन समितिका सदस्यहरूले दिएको समितिको नियमवाली संशोधन प्रस्तावलाई सुनुवाइ नगरिएको भन्दै आपत्ति जनाइन । उनले समितिलाई प्रभावकारी र दिगो बनाउनुपर्नेमा जोड दिएकी थिइन् । 

Ncell
Extreme Energy

त्यस्तै, सांसद भुवन सुनारले जलवायु परिवर्तनका कारण बाढी, पहिरोजस्ता घटना बढिरहेको उल्लेख गर्दै यस्ता विपद् व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने बताए । त्यस्तै, सांसद मोहम्मद खालिदले सिरहाको कारागारमा कैदीबन्दीबीच आपसमा भएको झडपमा १३ जना घाइते भएको घटनाबारे छानबिन समिति गठन गर्नुपर्ने माग गरे । भने सांसद सुरेशकुमार आलेमगरले भने भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...