नेभिगेशन
मुख्य समाचार

राष्ट्रिय सभामा मन्त्री बलराम अधिकारीको राजीनामा माग

काठमाडौँ । पछिल्लो समय आर्थिक अनियमितता र भ्रष्टाचारका घटना बढिरहेको भन्दै भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा धारणा राख्दै भ्रष्टाचार नियन्त्रणको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन । 

सांसद उदयबहादुर बोहोराले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भ्रष्टाचार गतिविधिमा संलग्न रहेको श्रव्य सामग्री सार्वजनिक भइसकेको भन्दै राजीनामा माग गरेका छन् । उनले यस विषयमा निष्पक्ष छानबिन गर्न माग समेत गरेका थिए ।
त्यस्तै, सांसद कमला पन्तले दिगो विकास तथा सुशासन समितिका सदस्यहरूले दिएको समितिको नियमवाली संशोधन प्रस्तावलाई सुनुवाइ नगरिएको भन्दै आपत्ति जनाइन । उनले समितिलाई प्रभावकारी र दिगो बनाउनुपर्नेमा जोड दिएकी थिइन् । 

त्यस्तै, सांसद भुवन सुनारले जलवायु परिवर्तनका कारण बाढी, पहिरोजस्ता घटना बढिरहेको उल्लेख गर्दै यस्ता विपद् व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने बताए । त्यस्तै, सांसद मोहम्मद खालिदले सिरहाको कारागारमा कैदीबन्दीबीच आपसमा भएको झडपमा १३ जना घाइते भएको घटनाबारे छानबिन समिति गठन गर्नुपर्ने माग गरे । भने सांसद सुरेशकुमार आलेमगरले भने भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने...
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव...
कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।