नेभिगेशन
मुख्य समाचार

एमाले केन्द्रीय कमिटी बैठकः आज ५८ जना जनाले धारणा राखे,  ७७ अझै बाँकी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सङ्गठनातत्मकलगायत विषयमा छलफल जारी छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज दोस्रो दिनको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि ५८ जना सदस्यहरुले आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । हिजो पहिलो दिन ४९ जनाले आफ्नो धारणा राखेका थिए । 

प्रतिवेदनमा अझै ७७ जनाले आफ्नो धारणा राख्न बाँकी छ । प्रचार विभाग प्रमुख गौतमले आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने विषय, पार्टी सदस्यता र सङ्गठित सदस्यताको व्यवस्था गर्नेलगायत विषयमा धारणा राखेको गौतमले जानकारी दिए । 

“मातहतका कमिटी मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई संविधान अनुकूल कार्यकारी कमिटी बनाउनुपर्छ  भन्ने कुरालाई जोड दिएर उठाइएको छ”, उनले भने, “सबैतिरको रिपोर्टिङअनुसार पार्टीको एक लाख ३९ हजार सदस्यता वृद्धि भएको छ । यो प्रतिशतका हिसाबले करीब २८ प्रतिशत हो ।”

प्रचार विभाग प्रमुख गौतमले बैठकमा सरकारको प्रभावकारिता, मूल्यवृद्धिलगायत विषयमा पनि केन्द्रीय सदस्यहरूले कुरा उठाएको जानकारी दिए । पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएको पनि उनले जानकारी दिए । 

केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको उपाध्यक्षको विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव पोखरेलको साङ्गठनिक प्रतिवेदन यसअघि सचिवालय र पोलिटब्यूरो बैठकले पारित गरेका थिए । प्रचार विभाग प्रमुख गौतमले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण सम्बोधन गर्दै आजै बैठक समापन गर्नु हुनेछ । बैठक सोमबारदेखि सुरु भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने...
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव...
कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।