नेभिगेशन
समाज

‘सरकारमा पुगिन्न की, अर्को मिलेर सरकारमा गइदेला भन्ने डर र लोभले गठबन्धन भएको होः गगन थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली  कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको बिपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उनले सो कुरा बताएका हुन् । 

Ncell
Extreme Energy

पन्ध्रौँ महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रुखमाबाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो । उनले भने, “गठबन्धन नगरे सरकारमा पुगिन्न की भन्ने डरले, अर्को मिलेर सरकारमा गइदेला भन्ने डरले, सरकार र सत्ता भन्ने कुराको डर र लोभले गर्दा गठबन्धन भएको हो । यसबाट बाहिर निस्कँदा पार्टी बन्छ ।” कुनै पनि नेता तथा कार्यकर्ताले सिद्धान्तसँग सम्झौता गर्न सक्दिन भनेर आफूलाई प्रस्तुत गर्न सक्यो भने तत्कालको लाभ नपाए पनि पार्टी बलियो बन्ने उनको भनाइ थियो ।

उनले भने, “सत्ता छोड्नुपर्ने डर, सत्ता लिप्साबाट हामी बाहिर निस्कनुपर्छ ।” सो अवसरमा नेपाली कांग्रेसका  केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य मीन विश्वकर्मा र मधु आचार्यले बिपीको मार्गदर्शन अनुशरण गर्दै अघि बढ्नुपर्छ भने । 

कार्यक्रममा युवा नेता प्रमोद हरि गुरागाई, महासमिति सदस्य विष्णु पाण्डे, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष सुरेश आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुली, शिक्षक सङ्घ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा अधिवक्ता उद्धव लोहनी, गोविन्द सिग्देल, प्राध्यापक प्रदीप वाग्ले, कृष्णप्रसाद न्यौपाने, रमेश खनाललगायतले पार्टीलाई सुझाव दिएका थिए । जिल्ला सभापति राजेश्वर खनालले पेसाकर्मीहरुबाट आएका सुझाव पार्टीका लागि महत्वपूर्ण रहेको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरा सहित उनका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेत, नारायण दाहाल, दिपक तिमल्सिना र नवराज थपलियाको घरमा खोजतलास गरेको हो ।
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।