नेभिगेशन
समाज

वनफूलले ढाकिएका पाटन हेर्न कास्कीको कोरी जाने कि

काठमाडौँमा बस्दै आएकी दिपा पौडेल पेशाले स्टाफ नर्स हुन । यसपालि मनसुन पदयात्राका लागि उनी सातजना साथीहरु सहित तीन हजार ८०० मिटर उचाइमा रहेको कास्कीको कोरी गएकिथिइन ।  पोखराबाट मादी गाउँपालिका–१ सिक्लेससम्म तीन घण्टाको मोटरयात्रापछि उनीहरु छ घण्टा हिँडेर तस पुगेका थिए । गएको पहिलो दिन उनीहरुले तसमै रात काटेका थिए । भोलिपल्ट बिहानै सात घण्टाको पैदल यात्रा हिडेपछि उनी साथीहरु सहित कोरा पुगेकी थिइन । कोरीको सौन्दर्यबारे देखे सुनेर लालयीत बनेका उनीहरुले कोरी घुमघामका लागि मनसुन याम नै किन रोजे त पौडेल भन्छिन । “त्यहाँबाट देखिने हरिया डाँडाकाँडा, वनफूलले ढाकिएका पाटन र छिनछिनमा फेरिइरहने मौसमले लोभ्याउँदोरहेछ ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो दिन कोरी पुग्दा मौसम धुम्मिएपछि त्यो रात कोरीमै बिताएको उनले सुनाइन । हिउँदमा जस्तो छ्याङ्ग हिमाल नखुले पनि रिमझिम वर्षा र बाँदलभित्र लुकामारी खेलिरहेको अन्नपूर्ण र लमजुङ हिमालको दृश्यले रोमाञ्चित बनाएको पौडेलले बताइन । “अर्कोदिन मौसम राम्ररी खुल्यो, हिमाल र डाँडापाखाको दृश्यालोकन गर्न पायौँ”, उनले भनिन् “मनसुनको याममा मुख्य गरी कोरीको आकर्षण बनेको भुइँभरि देखिने रङ्गीचङ्गी फूल र हराभरा देखिने प्रकृति नै हो ।” पौडेलले सामाजिक सञ्जाल टिकटकमा कोरीको भिडियो देखेपछि साथीहरु मिलेर घुम्ने योजना बनाएको बताइन । 

Extreme Energy
citizen life

कोरी पदयात्रा तीन दिनमै पूरा गर्न सकिने र धेरै खर्चिलो पनि नभएको उहाँले बताइन । स्तरीय पदमार्गसहित पर्यटकीय सुविधा पनि उपलब्ध भएकाले कोरीको यात्रा सहज भएको पौडेलले सुनाइन । सिक्लेसका पर्यटन व्यवसायी धन गुरुङले सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ बढेको बताइन ।  “बर्खा लागेपछि अन्यत्र अफसिजन सुरु हुन्छ, कोरीमा भने यही बेला बढी पर्यटक आउँछन्”, उनले भनिन् । “कोरी र आसपासको क्षेत्र अहिले भुइँफूलले ढाँकिएको छ, मनसुन ट्रेकमा रमाउनेका लागि कोरी उपयुक्त गन्तव्य हो ।” 

पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार ८०० मिटरको कोरी लेक पुग्ने गरेको गुरुङले बताइन । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईवटा पदमार्ग छन् । तीन दिनमा कोरी ट्रेक घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् । पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने सञ्चार सामग्री, युट्युब माध्यमलगायतले त्यस क्षेत्रलाई उजागर गरिदिएपछि पर्यटकको थप आकर्षण बढेको पर्यटन व्यवसायी गुरुङ बताउँछिन् ।  

बागलुङकी सकुन्तला थापा पनि वर्षात्को कुनै पर्वाह नगरी गत असारको अन्तिम साता ढोरपाटनको बुकी क्षेत्र पुगेकी थिइन । मनसुन पदयात्राका लागि पछिल्लो समय चर्चामा रहेको उक्त क्षेत्र पुग्नेमा उनी एक्लै थिइनन ।  साथमा अरु चार जना साथी पनि थिए । असार ३० मा बागलुङ बजारदेखि मोटर यात्रामा निस्किएको उक्त टोली त्यसै दिन दिउँसो ढोरपाटन उपत्यका पुगेको थियो । चार हजार मिटरमाथिसम्म फैलिएको बुकीपाटन पुग्ने लक्ष्यसहित उनीहरु त्यहाँबाट पदयात्रा सुरु गरे । पाँच घण्टाको पदयात्रापछि बुकी पुगे । 

चार हजार मिटर उचाइमा अवस्थित गर्पाछेडासम्म पुगेर फर्किएको थापाले बताइन ।  पहिलो दिन बुकीमा रहेको गोठमा रात बिताएर भोलिपल्ट घुमफिर गरी साँझ ढोरपाटन उपत्यका झरेको उनी बताउँछिन् । “बुकीमा खाना र बासको सुविधा नभएकाले तलबाटै सबै बन्दोबस्त गरेर जानुपर्छ, झोलामा लगेका खानेकुरा खाएर हामीले गोठमै रात बितायौँ”, थापाले भन्नुभयो, “त्यहाँ पुग्दा भैँसी र भेँडा गोठालाको दिनचर्या हेर्न पाइन्छ, भेँडीगोठमा रमाउन पाइन्छ ।” 

विशाल क्षेत्रमा फैलिएका हरिया पाटन र खर्कले यो याममा बुकीको आकर्षण बढाएको उनले बताइन ।  ढोरपाटन उपत्यका पनि अहिले रङ्गीचङ्गी भुइँफूलले सजिएको छ । वनफूलले ढाकिएको उपत्यकामा घोडा सयर गर्न पाउनु त्यहाँको अर्को आकर्षण रहेको थापा बताउँछिन् ।  पोखराका पर्यटक पथप्रदर्शक दिवस गुरुङले तीन/चार वर्षयता मनसुन याममा ढोरपाटन घुम्ने पर्यटकको सङ्ख्या बढेको बताउँछिन् ।  “फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालले पनि ढोरपाटन र बुकी क्षेत्रको प्रचारप्रसारमा व्यापकता ल्याएको छ”, उनले भनिन् । “बुकी पदयात्रामा जाने पर्यटक बढ्न थालेपछि पर्यटन व्यवसायीहरुले गोठस्टेको अवधारणा पनि सुरु गर्नुभएको छ ।”

गुरुङले आफू पनि हालै ढोरपाटन घुमेर फर्केको सुनाइन । त्यहाँ छँदा जाजरकोट, अर्घाखाँची, गुल्मीदेखि आएका पर्यटकलाई भेटेको उनले बताइन । “नेपालमा विशेष गरी शरद् र वसन्त ऋतुमा बढी पर्यटकीय गतिविधि हुने गर्छन्, मानिसहरु पनि यही बेला बढी घुम्न निसक्छन्”, गुरुङले भनिन् । “तर पछिल्लो समय मनसुनको समयमा पनि नजिकका गन्तव्यमा घुमघाम गर्ने, पदयात्रामा जाने क्रम बढीरहेको छ, यसले नेपाल पर्यटनका लागि हरेक मौसममा उपयुक्त छ भन्ने देखाउँछ ।”

असारदेखि भदौसम्मको समय मनसुन बढी सक्रिय हुने र यो बेला बाढीपहिरोजस्ता प्राकृतिक विपद्का घटना निम्तने भएकाले विशेष सावधानी अपनाएर मात्र यात्रा गर्नुपर्ने उनको सुझाब छ । “गन्तव्यस्थलको सम्मको यातायात र अन्य सुविधा, मौसमको पूर्वानुमानलगायतका विषयमा जानकारी बटुल्नुपर्छ, यात्राको बन्दोबस्त पनि सोहीअनुसार मिलाउनुपर्छ”, गुरुङ भन्छिन् “भौगोलिक रुपमा अति कठिन र विपद् जोखिम भएका ठाउँको यात्रामा सकभर नजानु नै उत्तम हुन्छ ।” उनले मनसुन याममा घुमफिरका लागि उपयुक्त थुप्रै गन्तव्य नेपालमा भए पनि तिनको उजागर हुन नसकेको बताइन । पछिल्लो समय गण्डकी प्रदेशमा कास्कीको कोरी, बागलुङको ढोरपाटन, बागलुङ र पूर्वीरुकुमको सीमामा पर्ने चौँरीखर्कलगायत गन्तव्यस्थल मनसुन पदयात्राका लागि चिनिन थालेको गुरुङले बताइन । 

ट्रेकिङ ऐजिन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सम्भावना भएर पनि नेपालमा मनसुन याम केन्द्रित पर्यटकीय गतिविधि हुन नसकेको बताइन । मनाङ, मुस्ताङलगायत उपल्लो भेगमा यस याममा पनि पदयात्राका गतिविधि सञ्चालन गर्न सकिने उनको भनाइछ । “पर्यटनलाई बाह्रैमास चलायनमान बनाउने गरी नीति र प्रवद्र्धनका कार्यक्रम ल्याउनु आवश्यक छ, निजी क्षेत्रले मात्र चाहेर हुँदैन, यसमा सरकारले नै पहल लिनुपर्छ”, उनले भनिन् “मनसुनमा पनि घुमफिर गर्न रुचाउने, आनन्द लिने पर्यटक हुन्छन्, तर उनीहरुलाई आकर्षित गर्न सकिएको छैन ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो...
सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

पर्यटन विभागले आज विज्ञप्ति जारी यही वैशाख १५ गते पहिचान नखुलेको मानव शव फेला परेको जनाएको छ । विभागका महानिर्देशक रामकृष्ण लामिछानेले सो शवलाई विभाग, नेपाल पर्वतारोहण सङ्घ...
अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

“हामी केटाकेटी हुँदा २०–२२ भैँसी चराएको । अन्तु डाँडा, बुधेडाँडा, उनीउटार, तकपत, छिरुवातिरका भैँसी चराउन र पानी खुवाउन यहाँ ल्याइन्थ्यो”, स्थानीय खगराज घिमिरेले भने, “दुई बजेपछि अन्धकार हुने...
अप्रिलमा १ लाख ७ हजारभन्दा बढी पर्यटकले घुमे नेपाल

अप्रिलमा १ लाख ७ हजारभन्दा बढी पर्यटकले घुमे नेपाल

जसमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ३३ हजार ४ सय ९६ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमन पर्यटक संख्याको करिब ३१ प्रतिशत हो।