नेभिगेशन
मुख्य समाचार

मन्त्रीहरुबीच कसले छिटो कमाउने भन्ने प्रतिष्पर्धा चलेको छः राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संसदमा विरोध जारी राखेको छ । विरोधपछि सभामुखले दिएको समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यो सरकारले देश लुट्ने टेन्डर पाएको जस्तो देखिएको बताए । त्यतिमात्र होइन उनले मन्त्रीहरुबीच लुट्ने प्रतिष्पर्धा नै चलेको आरोप लगाए । 

‘अहिले कांग्रेस र एमालेजस्तो दुई ठूला दल मिलेको सरकारले देश लुट्नलाई टेन्टर पारेजस्तो व्यवहार गरिरहेको छ । टेन्टर पारेर यसरी प्रतिष्पर्धा चलिराखेको छ कि कुन मन्त्रीले, कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्ने प्रतिष्पर्धा चलिराखेको छ ।’ 

उनले एक दुई मन्त्री नभएर १ दर्जन मन्त्रीहरुको बारेमा छानबिन गर्नुपर्ने देखिएको बताए । उनले भने, ‘अहिले भ्रष्ट्राचार कहाँ कहाँ छ भनेर खोज्नुपर्ने अवस्था रहेन । भ्रष्ट्राचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ ।’ 

उनले केही कर्मचारीलाई भ्रष्ट्राचारको अन्त्य नहुने बताए । यसको जरो राजनीतिसँग जोडिएको उनको भनाई छ । 

लिङ्देनले आफ्ना कुरा राखेपछि राप्रपाले पनि संसद बैठक बहिष्कार गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने...
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव...
कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।