नेभिगेशन
समाज

मन्त्रीहरुबीच कसले छिटो कमाउने भन्ने प्रतिष्पर्धा चलेको छः राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संसदमा विरोध जारी राखेको छ । विरोधपछि सभामुखले दिएको समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यो सरकारले देश लुट्ने टेन्डर पाएको जस्तो देखिएको बताए । त्यतिमात्र होइन उनले मन्त्रीहरुबीच लुट्ने प्रतिष्पर्धा नै चलेको आरोप लगाए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अहिले कांग्रेस र एमालेजस्तो दुई ठूला दल मिलेको सरकारले देश लुट्नलाई टेन्टर पारेजस्तो व्यवहार गरिरहेको छ । टेन्टर पारेर यसरी प्रतिष्पर्धा चलिराखेको छ कि कुन मन्त्रीले, कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्ने प्रतिष्पर्धा चलिराखेको छ ।’ 

Ncell
Extreme Energy

उनले एक दुई मन्त्री नभएर १ दर्जन मन्त्रीहरुको बारेमा छानबिन गर्नुपर्ने देखिएको बताए । उनले भने, ‘अहिले भ्रष्ट्राचार कहाँ कहाँ छ भनेर खोज्नुपर्ने अवस्था रहेन । भ्रष्ट्राचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ ।’ 

उनले केही कर्मचारीलाई भ्रष्ट्राचारको अन्त्य नहुने बताए । यसको जरो राजनीतिसँग जोडिएको उनको भनाई छ । 

लिङ्देनले आफ्ना कुरा राखेपछि राप्रपाले पनि संसद बैठक बहिष्कार गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...
कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।
‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली...
भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् ।

भर्खरै