नेभिगेशन
समाज

जगदुल्ला जलविद्युत आयोजना निर्माणको आवश्यक प्रक्रिया अघि बढाउन सार्वजनिक लेखा समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रचलित कानूनको बिपरित नहुने र सम्बन्धीत निकाय नै जवाफदेही हुने गरि जगदुल्ला जलविद्युत आयोजना निर्माणको आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले जगदुल्ला जलविद्युत आयोजनाको निर्माण सम्बन्धी उजुरीउपर छलफल गर्दै कानूनको बिपरित नहुने गरि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । उनले जगदुल्ला जलविद्युतको विषयको मुद्दा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यस बिषयमा थप छलफल अघि बढाउनुपर्ने आवश्यकता नदेखिएको जिकिर गरेका छन् । 

Ncell
Extreme Energy


बिभिन्न कारणले जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया दुई महिनादेखि रोकिएको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्काका विषयमा सिनो हाइड्रोले गरेको उजुरीमा बिभिन्न निकायले अनुसन्धान समेत गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ ।