नेभिगेशन
समाज

पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भईसक्योः एमाले

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको स्पष्ट पारेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयका बारेमा जानकारी दिन बुधबार पार्टी कार्यालय च्यासलमा एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष पार्टीले निकालेपछि सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भएको बताए । 

Ncell
Extreme Energy

गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको नदेखिएको एमालेको ठहर छ । पोखरेलले भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउने भन्दा लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको दावी गरे । 

पूर्व राष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भएपनि लोकतन्त्र कमजोर हुने उनको भनाइ छ । महासचिव पोखरेलले दुई कार्यकाल र ७० बर्षे उमेरहद हटाएका कारणले अध्यक्ष केपी ओली निर्विकल्प भएको भन्ने बिषय राजनीतिक कुरा मात्रै भएको दावी गरे ।  विधान अनुसार योग्यता पुगेका कुनै पनि प्रतिनिधि पार्टी अध्यक्षका रुपमा उम्मेद्वार हुन पाउने हक राख्ने उनले बताए । 

पत्रकार सम्मेनमा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बैठकका निर्णयबारे जानकारी गराएका थिए । बैठकले मुलुकको समसामयिक राजनीतिक गतिविधि, सरकारको प्रभावकारिता, विधान महाधिवेशनलगायत समसामयिक विषयमा आठ बुँदे प्रस्ताव पारित गरेको गौतमले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...
कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।
‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली...
भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् ।

भर्खरै