नेभिगेशन
मुख्य समाचार

बागमतीमा मात्रै ट्राफिक प्रहरीले उठायाे १० करोड १७ लाखबढी जरिवाना

बागमती ।  उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका अन्य जिल्लामा विशेष चेकजाँच तथा सचेतनामूलक अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८१/८२ मा सवारी कारबाहीबाट रु १० करोड १७ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । 
    
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाँणका अनुसार आव २०८१र८२ मा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने एक लाख हजार नौ हजार ४०२ सवारीमाथि कारबाही गरी रु १० करोड १७ लाख ५१ हजार १०६ राजस्व सङ्कलन गरेको छ । 

पूर्व(पश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ठूला तथा साना सवारीसाधनमाथि कारबाही गरेको प्रहरी नायब उपरीक्षक खाँणले बताए । 

प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण लामो समयसम्म सवारीसाधन सञ्चालनमा आएको कमी, ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेकाले ट्राफिक नियम परिपालनामा प्रगति भएको बताउँदै उनले कारबाहीमा भएको अनलाइन प्रणालीको विकासलगायत कारणले आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा राजस्व सङ्कलन बढ्नुका साथै सवारी दुर्घटनामा कमी आएको जानकारी दिए ।

आव २०८०/८१ मा सो कार्यालयले दुई लाख ९१ हजार २९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार ५०० राजस्व सङ्कलन गरेको थियो । आव २०८१/८२ मा बागमती प्रदेशको उपत्यकाका तीनबाहेक १० जिल्लामा भएका दुई हजार ४२२ सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु भएको छ भने चार हजार ७५१ जना घाइते भएका प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए । 

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति अझै देखिएकाले राजमार्ग तथा अन्य सहायक मार्गहरूमा समेत सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै