नेभिगेशन
मुख्य समाचार

स्वास्थ्य मन्त्रालयलाई हर्कको पत्रः कुलंगारले बिपी अस्पताललाई दिएको जग्गा प्लिज फिर्ता गरिदिनुहोला

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुधबार पत्र लेख्दै नगरको जग्गा फिर्ता गरिदिन माग गरेका छन्। 

उनले कुनै कुलंगारले दलालीमा भुलेर उपमहानगरको जग्गा बिपी अस्पताललाई दिएको उल्लेख गर्दै फिर्ता गरिदिन मन्त्रालयलाई बिनम्रता दर्शाएका छन् । 

पत्र मार्फत हर्कले धरानको छाता चोकमा रहेको नगरपालिकाको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको र उपमहानगर आफैले अस्पताल बनाउने तयारी गरेको भन्दै मेयर साम्पाङले जग्गा फिर्ता मागेका हुन्।

मेयर हर्कले सार्वजनिक गरेको पत्रमा लेखिएको छ, ‘धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुल‌ंगारले दलालीमा भुलेर बिपी अस्पताललाई दिई पठाएछ थाहा भएन,’ मन्त्रालयलाई पठाएको पत्रमा उनले लेखेका छन्, ‘यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनु होला।’ 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय काठमाडौं,  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई पनि यो पत्रको बोधार्थ दिइएको छ।

521915332_1286799489908445_8414852177111776435_n-1753271647.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै