नेभिगेशन
समाज

स्वास्थ्य मन्त्रालयलाई हर्कको पत्रः कुलंगारले बिपी अस्पताललाई दिएको जग्गा प्लिज फिर्ता गरिदिनुहोला

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुधबार पत्र लेख्दै नगरको जग्गा फिर्ता गरिदिन माग गरेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले कुनै कुलंगारले दलालीमा भुलेर उपमहानगरको जग्गा बिपी अस्पताललाई दिएको उल्लेख गर्दै फिर्ता गरिदिन मन्त्रालयलाई बिनम्रता दर्शाएका छन् । 

Ncell
Extreme Energy

पत्र मार्फत हर्कले धरानको छाता चोकमा रहेको नगरपालिकाको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको र उपमहानगर आफैले अस्पताल बनाउने तयारी गरेको भन्दै मेयर साम्पाङले जग्गा फिर्ता मागेका हुन्।

मेयर हर्कले सार्वजनिक गरेको पत्रमा लेखिएको छ, ‘धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुल‌ंगारले दलालीमा भुलेर बिपी अस्पताललाई दिई पठाएछ थाहा भएन,’ मन्त्रालयलाई पठाएको पत्रमा उनले लेखेका छन्, ‘यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनु होला।’ 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय काठमाडौं,  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई पनि यो पत्रको बोधार्थ दिइएको छ।

521915332_1286799489908445_8414852177111776435_n-1753271647.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ ।