नेभिगेशन
समाज

सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थको सम्पूर्ण जिम्मा लिने

काठमाडौँ ।  सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ । कार्यकारी निर्देशक कविराज अधिकारीले अबको करिब चार वर्षमा श्रमिक र परिवारको स्वास्थ्यको जिम्मा कोषमार्फत राज्यले लिने गरी काम भइरहेको स्पष्ट पारे ।
 
पछिल्लो समय योगदानकर्ताको स्वास्थ्योपचारसम्बन्धी सुविधालाई विस्तार गर्दै लगिएको जानकारी दिँदै कार्यकारी निर्देशक अधिकारीले औपचारिक क्षेत्रका श्रमिकहरूको परिवारमा स्वास्थ्य सेवा विस्तार भई चालु आर्थिक वर्षमा कार्यान्वयनमा आइसकेको बताए । “आजभन्दा पाँच वर्ष अगाडि योगदानकर्तामा मात्र सिमित रहेको स्वास्थ्य उपचार सेवा अहिले योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको छ”, उनले भने, “औषधि उपचारको एक लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा १० लाख सम्मको उपचार खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा समेत उपलब्ध गराइएको छ ।”
 
पछिल्ला वर्ष रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम सङ्कलनमा उल्लेख्य वृद्धि भएको जनाउँदै कार्यकारी निर्देशक अधिकारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकबाट हुने योगदान रकमको नियमितताका लागि प्रयास जारी रहेको बताए  । गत आवसम्ममा कोषमा २० हजार नौ सय ९१ रोजगारदाता र २३ लाख ७४ हजार चार सय ८६ योगदानकर्ता आबद्ध भएका छन् । सो आवमा मात्रै आठ लाख ८२ हजार नौ सय ४६ श्रमिक कोषमा आबद्ध भएका छन् । सो अवधिमा रु ८३ अर्ब ६५ करोड पुगेको कोषले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नियमित योगदान गरेका योगदानकर्तालाई विभिन्न सामाजिक सुरक्षा योजनाको उपयोग गरेबापत रु १५ अर्व ७५ करोड रकम भुक्तानी गरिएको कोषले जनाएको छ । विशेष सापटी रु छ अर्ब ९० करोड, घर सापटी १३ करोड र शैक्षिक सापटी एक करोड गरी कूल ३४ हजार ९७ योगदानकर्तालाई सात अर्व चार करोड भुक्तानी भएको कोषका प्रवक्ता कृष्ण अधिकारीले जानकारी दिए ।
 

Extreme Energy
Everest cinsult

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानलाई ट्रम्पको चेतावनीः ‘आज रात एउटा सम्पूर्ण सभ्यता समाप्त हुनेछ’

इरानलाई ट्रम्पको चेतावनीः ‘आज रात एउटा सम्पूर्ण सभ्यता समाप्त हुनेछ’

उनले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए पुरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका हुन् ।
तत्काल गहुँको समर्थन मूल्य तोक्न सांसद् कठरियाद्वारा सरकारको ध्यानाकर्षण

तत्काल गहुँको समर्थन मूल्य तोक्न सांसद् कठरियाद्वारा सरकारको ध्यानाकर्षण

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बाल्ने क्रममा सांसद् चौधरीले अर्कौ बैठक बस्नु अघि सरकारले गहुँको समर्थन मूल्य तोकेको सुन्न पाउँनु पर्ने बताएकी हुन्।
नदीजन्य सामाग्रीको अवैध उत्खनन् रोक्न सांसद् तामाङद्वारा सरकारको ध्यानाकर्षण

नदीजन्य सामाग्रीको अवैध उत्खनन् रोक्न सांसद् तामाङद्वारा सरकारको ध्यानाकर्षण

सांसद् तामाङले भनिन्, ‘त्रिशुली नदि सहितका नदिहरूमा भइरहेको नदीजन्य सामग्रीको उत्खनन् अव्यवस्थित र अनियन्त्रित हुँदा वातावरणीय सन्तुलन विग्रँदै गएको छ भने स्थानीय जनतामा समेत प्रत्यक्ष असर परेको छ...
भूमिको समस्यालाई एक नम्बरमा राख्न सरकारसंग सांसद् कार्कीको माग

भूमिको समस्यालाई एक नम्बरमा राख्न सरकारसंग सांसद् कार्कीको माग

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सो कुरा बताएका हुन्। उनले एउटा घटना स्मरण गर्दै भने, ‘एक जना आमा हुनुहुन्छ । २०३५ सालमा १७ वर्षको हुँदा हजुरबबुा,...