नेभिगेशन
मुख्य समाचार

जनार्दन लक्षित प्रचण्डको अभिव्यक्तिः प्रशस्त सिंगौरी खेल्न दिएको छु

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको भिन्न मतप्रति उदार हुने आफ्नो कमजोरी भएको बताएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा समाजवादी मोर्चाले बुधबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले आफुले सधै फरक मत र बिचारलाई सम्मान गर्ने गरेको भन्दै भिन्न मतप्रति उदार हुने आफ्नो कमजोरी भएकाले पार्टीभित्र आफ्नो आलोचना हुने गरेको समेत बताए । 

प्रचण्डले ३६ बर्ष कम्युनिष्ट आन्दोलन र माओवादीको नेतृत्व गर्दा आफुले किरण, बाबुराम, बादल लगाएत कुनै नेताहरुमाथि कारवाही नगरेको उल्लेख गरे । अहिले पनि पार्टीका केहि नेताहरुले सिंगौरी खेल्न खोजेको भन्दै प्रयाप्त सिंगौरी खेल्ने मौका दिएको उनले बताए ।

‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । भिन्न मतप्रति अली बढी उदार हुने मेरो कमजोरी हो । मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि त्यही हो ।’ उनले भने, मैले कसैलाई कारबाही गरिन । कमरेड किरण, कमरेड बाबुराम, कमरेड बादल, अरु अरु थुप्रै थुप्रै । कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहीँ छैन ।’ 

उनले आफूले अन्य नेताहरुलाई पर्याप्त छलफलको वातावरण दिने गरेको दावी गरे । ‘अहिले पनि केही साथीहरुले अलीअली सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ । उहाँहरुलाई मैले प्रसस्त सिंगौरी खेल्न दिएको छु । अस्ती डेड महिना परामर्श भन्दै देशभरी लिएरै हिँडे मैले । त्यो भन्दा बढी गर्ने के हो ?’

त्यस्तै उनले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको उल्लेख गर्दै आफुले कम्युनिष्टहरूको एकताको झण्डा बोकेको तर्क गरे ।

वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएकाले त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा जोड दिए । 

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै उनले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले...
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।