नेभिगेशन
समाज

जनार्दन लक्षित प्रचण्डको अभिव्यक्तिः प्रशस्त सिंगौरी खेल्न दिएको छु

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको भिन्न मतप्रति उदार हुने आफ्नो कमजोरी भएको बताएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा समाजवादी मोर्चाले बुधबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले आफुले सधै फरक मत र बिचारलाई सम्मान गर्ने गरेको भन्दै भिन्न मतप्रति उदार हुने आफ्नो कमजोरी भएकाले पार्टीभित्र आफ्नो आलोचना हुने गरेको समेत बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रचण्डले ३६ बर्ष कम्युनिष्ट आन्दोलन र माओवादीको नेतृत्व गर्दा आफुले किरण, बाबुराम, बादल लगाएत कुनै नेताहरुमाथि कारवाही नगरेको उल्लेख गरे । अहिले पनि पार्टीका केहि नेताहरुले सिंगौरी खेल्न खोजेको भन्दै प्रयाप्त सिंगौरी खेल्ने मौका दिएको उनले बताए ।

Ncell
Extreme Energy

‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । भिन्न मतप्रति अली बढी उदार हुने मेरो कमजोरी हो । मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि त्यही हो ।’ उनले भने, मैले कसैलाई कारबाही गरिन । कमरेड किरण, कमरेड बाबुराम, कमरेड बादल, अरु अरु थुप्रै थुप्रै । कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहीँ छैन ।’ 

उनले आफूले अन्य नेताहरुलाई पर्याप्त छलफलको वातावरण दिने गरेको दावी गरे । ‘अहिले पनि केही साथीहरुले अलीअली सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ । उहाँहरुलाई मैले प्रसस्त सिंगौरी खेल्न दिएको छु । अस्ती डेड महिना परामर्श भन्दै देशभरी लिएरै हिँडे मैले । त्यो भन्दा बढी गर्ने के हो ?’

त्यस्तै उनले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको उल्लेख गर्दै आफुले कम्युनिष्टहरूको एकताको झण्डा बोकेको तर्क गरे ।

वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएकाले त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा जोड दिए । 

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै उनले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...
कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।
‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली...
भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् ।

भर्खरै