नेभिगेशन
मुख्य समाचार

पार्टी भित्र फरक मत र विचारलाई निषेध गरियोः कर्णबहादुर थापा

काठमाण्डौं । नेकपा एमालेका नेता तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीले संविधान, कानून र जनताको बहुदलीय जनवादको मर्मविपरीत पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन बन्देज लगाएको बताएका छन् । 


बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले एमालेको केन्द्रीय समितिले प्रस्तावमा पनि नभएको र छलफल गर्नुपर्ने एजेण्डामासमेत नरहेको कुरालाई छलफलमा ल्याएर भण्डारीलाई राजनीतिमा आउनबाट रोक लगाएको बताए । निर्णय गर्न राजनीतिक दलहरु स्वतन्त्र भए पनि ती निर्णयहरु संविधान र कानुनसँग बाँझिन नहुने उनले बताएका छन् । 


उनले राष्ट्रपति, पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सकृय राजनीतिमा आउने हुने वा नहुने भन्ने कुराको बहस गर्न सकिने भए पनि एमालेमा प्रवेश गर्ने कुरासँग जोडेर मिसमास गरेर छलफल गर्न नमिल्ने तर्क गरेका छन् । 
थापाले पार्टीमा फरक मत र विचारलाई बन्देज लगाउने, प्रतिस्पर्धाको प्रणालीलाई कमजोर बनाउने र निधेष गर्नेजस्ता गतिविधिहरु भइरहेको उल्लेख गरेका छन् ।
पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक्ने केन्द्रीय समितिको निर्णयमा आफूले ।।।नोट अफ डिसेन्ट’ दर्ज गरेको पनि उनले जानकारी दिएका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।
कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले...
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...