नेभिगेशन
समाज

पार्टी भित्र फरक मत र विचारलाई निषेध गरियोः कर्णबहादुर थापा

काठमाण्डौं । नेकपा एमालेका नेता तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीले संविधान, कानून र जनताको बहुदलीय जनवादको मर्मविपरीत पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन बन्देज लगाएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले एमालेको केन्द्रीय समितिले प्रस्तावमा पनि नभएको र छलफल गर्नुपर्ने एजेण्डामासमेत नरहेको कुरालाई छलफलमा ल्याएर भण्डारीलाई राजनीतिमा आउनबाट रोक लगाएको बताए । निर्णय गर्न राजनीतिक दलहरु स्वतन्त्र भए पनि ती निर्णयहरु संविधान र कानुनसँग बाँझिन नहुने उनले बताएका छन् । 

Ncell
Extreme Energy


उनले राष्ट्रपति, पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सकृय राजनीतिमा आउने हुने वा नहुने भन्ने कुराको बहस गर्न सकिने भए पनि एमालेमा प्रवेश गर्ने कुरासँग जोडेर मिसमास गरेर छलफल गर्न नमिल्ने तर्क गरेका छन् । 
थापाले पार्टीमा फरक मत र विचारलाई बन्देज लगाउने, प्रतिस्पर्धाको प्रणालीलाई कमजोर बनाउने र निधेष गर्नेजस्ता गतिविधिहरु भइरहेको उल्लेख गरेका छन् ।
पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक्ने केन्द्रीय समितिको निर्णयमा आफूले ।।।नोट अफ डिसेन्ट’ दर्ज गरेको पनि उनले जानकारी दिएका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...
कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।
‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली...
भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् ।

भर्खरै