नेभिगेशन
समाज

आज देशभर मनसुनी वायुको प्रभाव कमजोर

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Ncell
Extreme Energy

त्यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाड र तराईका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ ।