नेभिगेशन
समाज

चीनबाट आयात सामग्रीको भन्सार प्रक्रिया पुनःसञ्चालन

रसुवा । ल्हेन्देखोलाको बाढीका असरले भन्सार यार्ड र सडकमार्गमा क्षति पु¥याएपछि १३ दिनसम्म रोकिएका भन्सार प्रक्रिया पुनःसञ्चालनमा आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 भन्सार यार्डमा पार्किङ गरेर राखेका अधिकांश मालवाहक ट्रक तथा कन्टेनरलाई गत असार २४ गतेको बाढीले बगाउनुका साथै क्षति पुगेर जोगिएका माल सामान पल्टी गराई सुरक्षित ठाउँमा राखिएको र सडक सञ्चालन भएसँगै  भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले बताए ।

Ncell
Extreme Energy

स्थानीय प्रशासनको पहलमा टिमुरेदेखि स्याफ्रुबेँसीसम्म क्षति भएको सडक मर्मत सुधार भएसँगै भन्सार प्रक्रिया पूरा गरेका ३४ वटा मालवाहक ट्रक तथा कन्टेनर एवं १९ वटा विद्युतीयकार काठमाडौँतर्फ पठाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार भने गत आवमा जाँचपास भइसकेका र चालकको अभावमा जाँचपास भए पनि भन्सार हातामै राखिएको थियो । आयातकर्ताले ढिलोगरी लाने गरेका कारण बाढीको चपेटामा परेको बताइएको छ । भन्सार जाँचपास भएका माल सामानमध्ये केही नेपालका विभिन्न भागमा निर्माणाधीन जलविद्युत् आयोजनाका भएको भन्सार कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ ।