नेभिगेशन
मुख्य समाचार

चीनबाट आयात सामग्रीको भन्सार प्रक्रिया पुनःसञ्चालन

रसुवा । ल्हेन्देखोलाको बाढीका असरले भन्सार यार्ड र सडकमार्गमा क्षति पु¥याएपछि १३ दिनसम्म रोकिएका भन्सार प्रक्रिया पुनःसञ्चालनमा आएको छ ।

 भन्सार यार्डमा पार्किङ गरेर राखेका अधिकांश मालवाहक ट्रक तथा कन्टेनरलाई गत असार २४ गतेको बाढीले बगाउनुका साथै क्षति पुगेर जोगिएका माल सामान पल्टी गराई सुरक्षित ठाउँमा राखिएको र सडक सञ्चालन भएसँगै  भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले बताए ।

स्थानीय प्रशासनको पहलमा टिमुरेदेखि स्याफ्रुबेँसीसम्म क्षति भएको सडक मर्मत सुधार भएसँगै भन्सार प्रक्रिया पूरा गरेका ३४ वटा मालवाहक ट्रक तथा कन्टेनर एवं १९ वटा विद्युतीयकार काठमाडौँतर्फ पठाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार भने गत आवमा जाँचपास भइसकेका र चालकको अभावमा जाँचपास भए पनि भन्सार हातामै राखिएको थियो । आयातकर्ताले ढिलोगरी लाने गरेका कारण बाढीको चपेटामा परेको बताइएको छ । भन्सार जाँचपास भएका माल सामानमध्ये केही नेपालका विभिन्न भागमा निर्माणाधीन जलविद्युत् आयोजनाका भएको भन्सार कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...