नेभिगेशन
मुख्य समाचार

रास्वपा र राप्रपाका सांसदद्वारा आज पनि सदन बहिष्कार

काठमाडौँ । भिजिट भिसा प्रकरणको छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ । 

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । उनीहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् ।

रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा तोसिमा कार्कीलाई बोल्न समय थिए । सांसद कार्कीले वर्तमान सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजेको आरोप लगाइन् । 

सुशासनको बाचा गर्ने सरकारले जनताका पक्षमा लड्नेहरुलाई कारागार पठाउने र भ्रष्टाचारमा मुछिएकाहरुलाई स्यावासी दिने काम गरेको उनले बताइन् । उनले भिजिट भिसा प्रकरणमा छानविन गर्नुपर्ने व्यक्ति कै संयोजकत्वमा बनेको समिति मान्य नहुने भन्दै आन्दोलन निरन्तर रहेको धारणा राखिन्े । सांसद कार्कीले आफुहरुले निरन्तर विरोध गर्दा पनि संसद चलाइएकोप्रति आपत्ति जनाइन् ।

त्यस्तै राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमामा संसदीय छानविन समिति गठन नभएसम्म राप्रपाको आन्दोलन जारी रहने बताए । उनले गंगालाल अस्पतालमा १५ बर्षमूनीका बालबालिकालाई निशुल्क उपचार गर्ने व्यवस्थाबापत सरकारले दिनुपर्ने रकम नदिएकाले सेवा सञ्चालनमा समस्या आएको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए । 
विरोधकाबीच सभामुख घिमिरेले सदनको कारवाही बढाएपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले...
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।