नेभिगेशन
मुख्य समाचार

लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व आवश्यकः विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले देशभित्र लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक रहेको बताएकी छिन् । 

बिहीबार काठमाडौँमा राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै उनले मुलुकमा परिवर्तन आइसकेपछि अब आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने भन्दै त्यसका लागि लगानीको वातावरण बनाउनुपर्ने बताएकी हुन् । आर्थिक उन्नयनका लागि स्वदेशी पुँजी, श्रम, सीप र प्रविधिको अधिकतम् उपयोग अति आवश्यक रहेकाले राजनीतिक स्थायित्वमार्फत लगानीको वातावरण बनाउनु अपरिहार्य रहेको उनले बताइन् । 

मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना, ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सेवा, पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरेको भनदै थप लगानीका लागि पूर्वाधार बनाउनुपर्ने बताए । 

उनले समृद्धिको बाटोमा अगाडि बढ्न लगानीको वातावरण आवश्यक रहेको जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।
कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले...
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...