नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेको पक्षमा एक महिनामा २७ लाख ५० हजारले गरे हस्ताक्षर, कुन प्रदेशबाट कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशाेधका विरुद्ध हस्ताक्षर अभियान सुरु भएको एक महिना पुगेको छ । रवि लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार एक महिनाको अवधिमा रविको पक्षमा २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरेका छन् । 

उनका अनुसार अहिलेसम्म बागमती प्रदेशमा सबै भन्दा बढी हस्ताक्षर संकलन भएको छ । केन्द्रीय कार्यालय तथा काठमाडौँ बाहेक बागमती प्रदेशका जिल्लाहरुबाट मात्रै ७ लाख १३ हजार ३ सय ३१ जनाले हस्ताक्षर गरेका छन् । काठमाडौँको चमतीस्थित केन्द्रिय कार्यालयमा उपस्थित भएर हस्ताक्षर गर्नेको संख्या ३६ हजार ५ सय १० रहेको छ भने काठमाडौँका अन्य बुथहरुबाट ७४ हजार १ सय १३ जनाले हस्ताक्षर गरेका छन् । 

प्रदेशगतरुपमा कोशी प्रदेशमा २ लाख १३ हजार १ सय ६ जनाले हस्ताक्षर गरेका छन् भने मधेसबाट १ लाख ४ हजार ३ सय ६० जनाले हस्ताक्षर गरेका छन् । यस्तै वागमती प्रदेशबाट ७ लाख १३ हजार ३ सय ३१ जना, गण्डकी प्रदेशबाट ५ लाख १२ हजार ९ सय १४ जना, लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४ सय ३१ जना, कर्णाली प्रदेशबाट ७२ हजार १ सय ४२ जना र सुदूरपश्चिम प्रदेशबाट १ लाख १० हजार ५ सय १२ जनाले लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । 

यस्तै ७ लाख ५ सय ५२ जनाको हस्ताक्षर भने ह्वाट्सएपबाट प्राप्त भएको रास्वपाले जनाएको छ । यस्तै इमेलबाट ८३ हजार ५ सय ६६ जनाले हस्ताक्षर पठाएका छन् । नेपालमै भएका धेरैको प्रत्यक्ष हस्ताक्षर संकलन भएपनि विदेशमा रहेको धेरै नेपालीको हस्ताक्षर अनलाइन मार्फत प्राप्त भएको न्यौपानेले बताए ।

हस्ताक्षर अभियानका संयोजक समेत रहेका रास्वपाका सहकोषाध्य दिपक बोहराले यो मिनी जनमत संग्रहकै रुपमा अघि बढेको बताउँदै साउन ५ गतेबाट रास्वपाको वडा कमिटिहरुले घरदैलोमै पुगेर जनतालाई हस्ताक्षर अभियान र लामिछानेको अपिल बुझाउन सुरु गरेको  बताए । वडा कमिटिहरुको घरदैलोपछि हस्ताक्षर अभियानमा झनै उत्साहजनक सहभागीता थपिएकाले यस पछिको संख्या निकै ठुलो हुने बताए । 

उनका अनुसार हस्ताक्षर अभियानलाई थप व्यवस्थीत बनाउन चलाइएको आर्थिक संकलन अभियानबाट अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक संकलन भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।
कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले...
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...