नेभिगेशन
समाज

रवि लामिछानेको पक्षमा एक महिनामा २७ लाख ५० हजारले गरे हस्ताक्षर, कुन प्रदेशबाट कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशाेधका विरुद्ध हस्ताक्षर अभियान सुरु भएको एक महिना पुगेको छ । रवि लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार एक महिनाको अवधिमा रविको पक्षमा २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार अहिलेसम्म बागमती प्रदेशमा सबै भन्दा बढी हस्ताक्षर संकलन भएको छ । केन्द्रीय कार्यालय तथा काठमाडौँ बाहेक बागमती प्रदेशका जिल्लाहरुबाट मात्रै ७ लाख १३ हजार ३ सय ३१ जनाले हस्ताक्षर गरेका छन् । काठमाडौँको चमतीस्थित केन्द्रिय कार्यालयमा उपस्थित भएर हस्ताक्षर गर्नेको संख्या ३६ हजार ५ सय १० रहेको छ भने काठमाडौँका अन्य बुथहरुबाट ७४ हजार १ सय १३ जनाले हस्ताक्षर गरेका छन् । 

Ncell
Extreme Energy

प्रदेशगतरुपमा कोशी प्रदेशमा २ लाख १३ हजार १ सय ६ जनाले हस्ताक्षर गरेका छन् भने मधेसबाट १ लाख ४ हजार ३ सय ६० जनाले हस्ताक्षर गरेका छन् । यस्तै वागमती प्रदेशबाट ७ लाख १३ हजार ३ सय ३१ जना, गण्डकी प्रदेशबाट ५ लाख १२ हजार ९ सय १४ जना, लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४ सय ३१ जना, कर्णाली प्रदेशबाट ७२ हजार १ सय ४२ जना र सुदूरपश्चिम प्रदेशबाट १ लाख १० हजार ५ सय १२ जनाले लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । 

यस्तै ७ लाख ५ सय ५२ जनाको हस्ताक्षर भने ह्वाट्सएपबाट प्राप्त भएको रास्वपाले जनाएको छ । यस्तै इमेलबाट ८३ हजार ५ सय ६६ जनाले हस्ताक्षर पठाएका छन् । नेपालमै भएका धेरैको प्रत्यक्ष हस्ताक्षर संकलन भएपनि विदेशमा रहेको धेरै नेपालीको हस्ताक्षर अनलाइन मार्फत प्राप्त भएको न्यौपानेले बताए ।

हस्ताक्षर अभियानका संयोजक समेत रहेका रास्वपाका सहकोषाध्य दिपक बोहराले यो मिनी जनमत संग्रहकै रुपमा अघि बढेको बताउँदै साउन ५ गतेबाट रास्वपाको वडा कमिटिहरुले घरदैलोमै पुगेर जनतालाई हस्ताक्षर अभियान र लामिछानेको अपिल बुझाउन सुरु गरेको  बताए । वडा कमिटिहरुको घरदैलोपछि हस्ताक्षर अभियानमा झनै उत्साहजनक सहभागीता थपिएकाले यस पछिको संख्या निकै ठुलो हुने बताए । 

उनका अनुसार हस्ताक्षर अभियानलाई थप व्यवस्थीत बनाउन चलाइएको आर्थिक संकलन अभियानबाट अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक संकलन भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...