नेभिगेशन
मुख्य समाचार

एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापान (एनसीसी) केन्द्रीय सदस्यमा सूर्य लामिछानेको उम्मेदवारी

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए)को चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आसन्न निर्वाचनमा संघमा आबद्ध सबै देशमा रहेका गैर आवासीय नेपालीहरुको उम्मेदवारी दर्ता  घोषणा क्रम चलेको छ । 

पछिल्ला दिन यता संघको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने रस्साकस्सी नै चलेको छ । झन्डै देशको आधा जनसङ्ख्या विदेशका विभिन्न देशमा शिक्षा,रोजगारी तथा व्यवसायमा सक्रिय रहेका गैर  आवासीय नेपालीहरुको छाता सङ्गठनका  यी पदहरुमा निर्वाचित हुन निकै प्रतिस्पर्धा हुने गर्छ ।

संघको आबद्ध देशहरुमा चुनावी सरगर्मी बढिरहेकै बेला जापानबाट पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । यसैक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापान (एनसिसि) केन्द्रीय सदस्यमा बाग्लुङ्गका सूर्य लामिछानेको उम्मेदवार बनेका छन् ।  जापानमा दुई दशकदेखि  विभिन्न पेसा, व्यवसायमा आबद्ध लामिछानेले यो निर्वाचनमा आफ्नो जित  सुनिश्चित हुने दाबी गरे ।

को हुन् सूर्य लामिछाने ?  

गण्डकी प्रदेशको बागलुङ जिल्ला साबिक बलेवा र हाल बागलुङ नगरपालिका वडा नं १३ खर्से डांँडामा जन्मिएका लामिछाने वैदेशिक रोजगारीको सिलसिलामा करिब २ दशक अगाडी जापान प्रवेश गरेका थिए । 

जापानमा विगत १२ वर्ष देखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका लामिछानेले १ सय जना भन्दा धेरैलाई रोजगारी दिएका छन् । व्यवसायसँगै सामाजिक काममा सक्रिय उनी बागलुङ सेवा समाज जापान र बलेवा सेवा समाज जापानको संरक्षक समेत रहेका छन् । 

अहिले उनै लामिछाने  गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापान (एनसिसि) को खुल्ला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका छन् । 

उनले “पारदर्शीता, खबरदारीता सबल एनआरएनए बनाउने मेरो प्रतिबद्धता” सहित उम्मेदवारी दर्ता गराएको बताए । 

२०७४ सालमा देशमा आफ्नो शाखा फैलिएको गैर आवासीय नेपाली संघको एनसीसी जापान सँग लामो समय देखि आबद्धता रहेता पनि साथीहरूको सल्लाह र आग्रहमै यस पटक भने एनसीसीमा उम्मेदवार बनेको  लामिछाने  बताउँछन् । 

लामिछानेले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को आसन्न १२ औ महाधिवेशनमा आफुलाइ खुल्ला केन्द्रीय सदस्यको रूपमा विजयी गराइदिनु आग्रह समेत गरेका छन् । 

आफ्नो जित सुनिश्चित भएमा जापानवासी नेपालीका सुख दुःखका सारथि बनेर उनीहरूको हक हित समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...