नेभिगेशन
समाज

एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापान (एनसीसी) केन्द्रीय सदस्यमा सूर्य लामिछानेको उम्मेदवारी

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए)को चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आसन्न निर्वाचनमा संघमा आबद्ध सबै देशमा रहेका गैर आवासीय नेपालीहरुको उम्मेदवारी दर्ता  घोषणा क्रम चलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्ला दिन यता संघको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने रस्साकस्सी नै चलेको छ । झन्डै देशको आधा जनसङ्ख्या विदेशका विभिन्न देशमा शिक्षा,रोजगारी तथा व्यवसायमा सक्रिय रहेका गैर  आवासीय नेपालीहरुको छाता सङ्गठनका  यी पदहरुमा निर्वाचित हुन निकै प्रतिस्पर्धा हुने गर्छ ।

Ncell
Extreme Energy

संघको आबद्ध देशहरुमा चुनावी सरगर्मी बढिरहेकै बेला जापानबाट पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । यसैक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापान (एनसिसि) केन्द्रीय सदस्यमा बाग्लुङ्गका सूर्य लामिछानेको उम्मेदवार बनेका छन् ।  जापानमा दुई दशकदेखि  विभिन्न पेसा, व्यवसायमा आबद्ध लामिछानेले यो निर्वाचनमा आफ्नो जित  सुनिश्चित हुने दाबी गरे ।

को हुन् सूर्य लामिछाने ?  

गण्डकी प्रदेशको बागलुङ जिल्ला साबिक बलेवा र हाल बागलुङ नगरपालिका वडा नं १३ खर्से डांँडामा जन्मिएका लामिछाने वैदेशिक रोजगारीको सिलसिलामा करिब २ दशक अगाडी जापान प्रवेश गरेका थिए । 

जापानमा विगत १२ वर्ष देखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका लामिछानेले १ सय जना भन्दा धेरैलाई रोजगारी दिएका छन् । व्यवसायसँगै सामाजिक काममा सक्रिय उनी बागलुङ सेवा समाज जापान र बलेवा सेवा समाज जापानको संरक्षक समेत रहेका छन् । 

अहिले उनै लामिछाने  गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापान (एनसिसि) को खुल्ला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका छन् । 

उनले “पारदर्शीता, खबरदारीता सबल एनआरएनए बनाउने मेरो प्रतिबद्धता” सहित उम्मेदवारी दर्ता गराएको बताए । 

२०७४ सालमा देशमा आफ्नो शाखा फैलिएको गैर आवासीय नेपाली संघको एनसीसी जापान सँग लामो समय देखि आबद्धता रहेता पनि साथीहरूको सल्लाह र आग्रहमै यस पटक भने एनसीसीमा उम्मेदवार बनेको  लामिछाने  बताउँछन् । 

लामिछानेले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को आसन्न १२ औ महाधिवेशनमा आफुलाइ खुल्ला केन्द्रीय सदस्यको रूपमा विजयी गराइदिनु आग्रह समेत गरेका छन् । 

आफ्नो जित सुनिश्चित भएमा जापानवासी नेपालीका सुख दुःखका सारथि बनेर उनीहरूको हक हित समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ ।
प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

भर्खरै