नेभिगेशन
समाज

पूर्वमन्त्री रमेशनाथ पाण्डेले गरे रवि लामिछानेमाथिको प्रतिशोध विरुद्ध हस्ताक्षर

 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध पूर्वमन्त्री रमेशनाथ पाण्डे हस्ताक्षर गरेका छन् ।  शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय काठमाडौँ वनस्थली पुगेर पाण्डेले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले सभापति लामिछानेमाथि राजनीति प्रतिसोध भएको भन्दै गत असार ७ गतेबाट देशव्यापी हस्ताक्षर अभियान चलाएको थियो । अभियानमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वन्यायाधीश बलराम केसी, वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारी देखि अभिनेत्री मनिषा कोइरालासम्मले हस्ताक्षर गरेका छन् ।  लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार विहिबार सम्म रविको पक्षमा २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरेका छन् । 

Ncell
Extreme Energy

उनका अनुसार अहिलेसम्म बागमती प्रदेशमा सबै भन्दा बढी हस्ताक्षर संकलन भएको छ । केन्द्रीय कार्यालय तथा काठमाडौँ बाहेक बागमती प्रदेशका जिल्लाहरुबाट मात्रै ७ लाख १३ हजार ३ सय ३१ जनाले हस्ताक्षर गरेका छन् । काठमाडौँको चमतीस्थित केन्द्रिय कार्यालयमा उपस्थित भएर हस्ताक्षर गर्नेको संख्या ३६ हजार ५ सय १० रहेको छ भने काठमाडौँका अन्य बुथहरुबाट ७४ हजार १ सय १३ जनाले हस्ताक्षर गरेका छन् । 

प्रदेशगतरुपमा कोशी प्रदेशमा २ लाख १३ हजार १ सय ६ जनाले हस्ताक्षर गरेका छन् भने मधेसबाट १ लाख ४ हजार ३ सय ६० जनाले हस्ताक्षर गरेका छन् । यस्तै वागमती प्रदेशबाट ७ लाख १३ हजार ३ सय ३१ जना, गण्डकी प्रदेशबाट ५ लाख १२ हजार ९ सय १४ जना, लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४ सय ३१ जना, कर्णाली प्रदेशबाट ७२ हजार १ सय ४२ जना र सुदूरपश्चिम प्रदेशबाट १ लाख १० हजार ५ सय १२ जनाले लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । 

यस्तै ७ लाख ५ सय ५२ जनाको हस्ताक्षर भने ह्वाट्सएपबाट प्राप्त भएको रास्वपाले जनाएको छ । यस्तै इमेलबाट ८३ हजार ५ सय ६६ जनाले हस्ताक्षर पठाएका छन् । नेपालमै भएका धेरैको प्रत्यक्ष हस्ताक्षर संकलन भएपनि विदेशमा रहेको धेरै नेपालीको हस्ताक्षर अनलाइन मार्फत प्राप्त भएको न्यौपानेले बताए ।

हस्ताक्षर अभियानका संयोजक समेत रहेका रास्वपाका सहकोषाध्य दिपक बोहराले यो मिनी जनमत संग्रहकै रुपमा अघि बढेको बताउँदै साउन ५ गतेबाट रास्वपाको वडा कमिटिहरुले घरदैलोमै पुगेर जनतालाई हस्ताक्षर अभियान र लामिछानेको अपिल बुझाउन सुरु गरेको  बताए । वडा कमिटिहरुको घरदैलोपछि हस्ताक्षर अभियानमा झनै उत्साहजनक सहभागीता थपिएकाले यस पछिको संख्या निकै ठुलो हुने बताए । 

उनका अनुसार हस्ताक्षर अभियानलाई थप व्यवस्थीत बनाउन चलाइएको आर्थिक संकलन अभियानबाट अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक संकलन भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ ।
प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

भर्खरै