नेभिगेशन
समाज

भिजिट भिसाका बारेमा धेरै चिन्ता नलिन रास्वपा सांसदहरुलाई कांग्रेस सचेतकको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाका बारेमा धेरै चिन्ता नलिन रास्वपा सांसदहरुलाई सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपालाई अहिलको ठाँउमा ल्याउने श्रेय नै भिजिट भिसा रहेकाले यसबारे धेरै चिन्ता नलिन सुझाव दिए । 

Ncell
Extreme Energy

भिजिट भिसाका बाहिर गएर, उतैको नागरिकता लिनु अन्तराष्ट्रिय कानून अनुसार गलत कार्य भएको उनले बताए । तर भिजिट भिसाबाट बाहिर गरेर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई नेपाल फर्किएपछि पार्टी खोलेर गृहमन्त्रीदेखि उपप्रधानमन्त्री र मन्त्री बनाउने अभ्यास भइसकेको घिमिरेको भनाइ छ ।

उनले जुन पार्टीका धेरै सांसदहरु भिजिट भिसाबाट अहिलेको ठाँउमा आएका छन्, त्यही पार्टी सांसदहरुले बढि भिजिट भिसाका बारेमा चिन्ता व्यक्त गरेको भन्दै आश्चर्य जनाए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन बुधबारदेखि नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...