नेभिगेशन
समाज

एमाले सदस्य बनेको ४५ वर्ष भयो, कसैलाई मन लाग्दैमा मेरो सदस्यता खारेज हुन सक्दैनः विद्या भण्डारी

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सदस्यता कसैले खान नसक्ने बताएकी छिन् । आज बबरमहलमा पत्रकार सम्मेलन गर्दै उनले आफू विधि अनुसार नै पार्टीमा आएको बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘म नेकपा एमालेको पार्टी जीवनमा पुनः आएँ । म ४५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन,’ उनले भनिन्,  ‘पार्टीकै जिम्मेवारी लिएर गएको हो । आइसकेपछि विधि अनुसार नै गरेको हुँ । म नेकपा एमालेको परिवारमा अहिले पनि आबद्ध छु भनेर भनेको हुँ । अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन ।’ 

Ncell
Extreme Energy

उनले आफूले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल सम्मपन्न गरेको दावी गर्दै अब देश र जनताको थप सेवा गर्नको लागि पार्टीमा फर्केको बताइन् । एमालेको सदस्यता विधिपूर्वक लिएको बताउँदै उनले आफूलाई अब पदको कुनै लालसा नरहेको पनि बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन बुधबारदेखि नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...