नेभिगेशन
मुख्य समाचार

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

वीरेन्द्रनगर । सुर्खेतमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय आफ्नै घरमा विद्युतीय मेसिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

शुक्रबार बिहान घाइते भएका दुवैलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको थियो । करेन्ट लागेर घाइते भएका उनीहरू दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी)मोहनजङ्ग बुढथापाले जानकारी दिए ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक विवरणअनुसार घाँस काट्ने विद्युतीय मेसिनमा रहेको विद्युत् लाइनमा समस्या आएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...