नेभिगेशन
समाज

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

वीरेन्द्रनगर । सुर्खेतमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय आफ्नै घरमा विद्युतीय मेसिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

Ncell
Extreme Energy

शुक्रबार बिहान घाइते भएका दुवैलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको थियो । करेन्ट लागेर घाइते भएका उनीहरू दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी)मोहनजङ्ग बुढथापाले जानकारी दिए ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक विवरणअनुसार घाँस काट्ने विद्युतीय मेसिनमा रहेको विद्युत् लाइनमा समस्या आएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ ।
प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

भर्खरै