नेभिगेशन
समाज

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्नुपर्ने एमालेको धारणामा कांग्रेस सहमत छः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ढुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा सहिद स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौँमा आयोजना गरेको संघीय लोकतान्त्रीक गणतन्त्र र वर्तमान संविधान बिषयक बिचार गोष्ठीमा सभापति देउवाले अहिलेको संविधान सबैका लागि स्वीकार्य भएपनि केही विषयमा संशोधनको कुरा उठेकाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका हुन् । 

Ncell
Extreme Energy

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संशोधन गर्नुपर्ने धारणा एमालेको रहेकाले कांग्रेस पनि यसमा सहमत रहेको उनले बताए । सभापति देउवाले नाममा कम्युनिष्ट भएपनि व्यवहारमा सवै पार्टीहरुले प्रजातान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेको धराणा राखे । उनले कांग्रेस सदैव प्रजातन्त्र सहितको समाजवादको पक्षमा रहेको भन्दै अझै पनि यसमा बलियो हुन बाँकी रहेको बताए । सभापति देउवाले अहिलेको व्यवस्था अनुसार कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले अरु दलसंग लचिलो भएर मिल्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । 

कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले संविधानलाई थप परिस्कृत गर्दै मुलुकको व्यवस्थालाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।

भर्खरै