नेभिगेशन
मुख्य समाचार

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्नुपर्ने एमालेको धारणामा कांग्रेस सहमत छः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन् । 

ढुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा सहिद स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौँमा आयोजना गरेको संघीय लोकतान्त्रीक गणतन्त्र र वर्तमान संविधान बिषयक बिचार गोष्ठीमा सभापति देउवाले अहिलेको संविधान सबैका लागि स्वीकार्य भएपनि केही विषयमा संशोधनको कुरा उठेकाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका हुन् । 

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संशोधन गर्नुपर्ने धारणा एमालेको रहेकाले कांग्रेस पनि यसमा सहमत रहेको उनले बताए । सभापति देउवाले नाममा कम्युनिष्ट भएपनि व्यवहारमा सवै पार्टीहरुले प्रजातान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेको धराणा राखे । उनले कांग्रेस सदैव प्रजातन्त्र सहितको समाजवादको पक्षमा रहेको भन्दै अझै पनि यसमा बलियो हुन बाँकी रहेको बताए । सभापति देउवाले अहिलेको व्यवस्था अनुसार कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले अरु दलसंग लचिलो भएर मिल्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । 

कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले संविधानलाई थप परिस्कृत गर्दै मुलुकको व्यवस्थालाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।