नेभिगेशन
मुख्य समाचार

सिरहामा गोली हानेर लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सिरहा ।  जिल्लाको नवराजपुर गाउँपालिका ४ कुसण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार गरी लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

भारत, बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई गोली प्रहार गरी लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए । 

आज दिउँसो भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बिआर ३२ एम ७३३८ नं को मोटरसाइकललाई जाँचका लागि रोकेको समयमा चालकले मोटरसाइकल नरोकी भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेको थियो । गोली प्रहारपछि मोटरसाइकल नियन्त्रणमा लिई चालक पासवानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताए ।

पक्राउ परेका पासवानको साथबाट प्रहरीले ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नयाँ राजनीतिक दल दर्ताका लागि आज अन्तिम दिन

नयाँ राजनीतिक दल दर्ताका लागि आज अन्तिम दिन

आजसम्म दल दर्ताको प्रमाणपत्र लिने दल मात्रै आगामी निर्वाचनमा सहभागी हुन पाउने छन् । आजसम्म प्रमाणपत्र लिने दलले मात्रै आयोगमा फेरी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनका लागि...
महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन

महायज्ञमा शुक्रबार मात्र रु एक करोड ३४ लाख सङ्कलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम एक करोड ६२ लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले...
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव...
प्रतिनिधिसभा निर्वाचन स् कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

प्रतिनिधिसभा निर्वाचन स् कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष एक सय ३७ र महिला ९१ जना छन् । जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाताको सङ्ख्या तीन लाख तीन हजार...