नेभिगेशन
समाज

प्रधानमन्त्री ओलीसँग भेटेको भोलिपल्ट अख्तियारले फोन मै डाकेर मेयर चौहानसँग लियो बयान

वीरगंज । अनधिकृत रुपमा बैक तथा नगद मार्फत घुस लिएर कर्मचारी नियुक्ति गरेको विषयमा अनुसन्धान गरिरहेको अख्तियारले पोखरिया नगरपालिकाका मेयर प्रद्युमन चौहानसँग ब्यान लिएको छ ।  सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग राति १ बजे भेट पाएका मेयर प्रद्युमन चौहानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फोन मार्फत डाकेर मङ्गलबार कार्यालय समयमा बयान लिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

यसअघि पोखरिया नगरपालिकामा बयान लिनेहरूलाई उपस्थित गराइदिन भनी प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाएर उपस्थिति गराउन लगाएपनि मेयर चौहानका लागि भने विशेष व्यवस्था गरी प्रधानमन्त्रीसँग भेटेको भोलिपल्टै मेयर चौहानसँग बयान लिएको हो । 

५ सय ७७ जना कर्मचारी नियुक्त गरेको पोखरिया नगरपालिकामा मेयरका आफन्त, प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारीहरूले सर्वसाधारणबाट १ लाखदेखि ३ लाखसम्म उठाएर कार्यालय सहयोगी, नगरप्रहरी, सुपरभाइजर लगायतको पदमा नियुक्ति गरेका थिए । 
अख्तियारले असार ६ गते छापामारी गरी निम्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव र जिन्सी शाखा, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख नायब सुब्बा सन्दिप साहलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।

भर्खरै