नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री ओलीसँग भेटेको भोलिपल्ट अख्तियारले फोन मै डाकेर मेयर चौहानसँग लियो बयान

वीरगंज । अनधिकृत रुपमा बैक तथा नगद मार्फत घुस लिएर कर्मचारी नियुक्ति गरेको विषयमा अनुसन्धान गरिरहेको अख्तियारले पोखरिया नगरपालिकाका मेयर प्रद्युमन चौहानसँग ब्यान लिएको छ ।  सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग राति १ बजे भेट पाएका मेयर प्रद्युमन चौहानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फोन मार्फत डाकेर मङ्गलबार कार्यालय समयमा बयान लिएको हो । 

यसअघि पोखरिया नगरपालिकामा बयान लिनेहरूलाई उपस्थित गराइदिन भनी प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाएर उपस्थिति गराउन लगाएपनि मेयर चौहानका लागि भने विशेष व्यवस्था गरी प्रधानमन्त्रीसँग भेटेको भोलिपल्टै मेयर चौहानसँग बयान लिएको हो । 

५ सय ७७ जना कर्मचारी नियुक्त गरेको पोखरिया नगरपालिकामा मेयरका आफन्त, प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारीहरूले सर्वसाधारणबाट १ लाखदेखि ३ लाखसम्म उठाएर कार्यालय सहयोगी, नगरप्रहरी, सुपरभाइजर लगायतको पदमा नियुक्ति गरेका थिए । 
अख्तियारले असार ६ गते छापामारी गरी निम्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव र जिन्सी शाखा, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख नायब सुब्बा सन्दिप साहलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नयाँ राजनीतिक दल दर्ताका लागि आज अन्तिम दिन

नयाँ राजनीतिक दल दर्ताका लागि आज अन्तिम दिन

आजसम्म दल दर्ताको प्रमाणपत्र लिने दल मात्रै आगामी निर्वाचनमा सहभागी हुन पाउने छन् । आजसम्म प्रमाणपत्र लिने दलले मात्रै आयोगमा फेरी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनका लागि...
महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन

महायज्ञमा शुक्रबार मात्र रु एक करोड ३४ लाख सङ्कलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम एक करोड ६२ लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले...
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव...
प्रतिनिधिसभा निर्वाचन स् कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

प्रतिनिधिसभा निर्वाचन स् कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष एक सय ३७ र महिला ९१ जना छन् । जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाताको सङ्ख्या तीन लाख तीन हजार...