नेभिगेशन
समाज

अख्तियार प्रमुख राईविरुद्ध तीन ठूला भ्रष्टाचार प्रकरणमा छानबिनको माग गर्दै अख्तियारमै उजुरी दर्ता

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध तीन विवादास्पद भ्रष्टाचार प्रकरणमा छानबिनको माग गर्दै अख्तियारमै उजुरी दर्ता गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिन्धुली कमलामाईका युवराज पौडेलले प्रमुख आयुक्त राईमाथि अनुसन्धानको माग गर्दै आइतबार अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएका हुन्। उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको छ।

Ncell
Extreme Energy

पौडेलले उजुरीमा वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको भूमिकामाथि प्रश्न उठाउँदै छानबिन गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

गत हप्ता विशेष अदालतले वाइडबडी विमान खरिद सम्बन्धी भ्रष्टाचार मुद्दाको पूर्णपाठमा दोषी पहिचान गर्ने क्रममा केहीलाई मात्र लक्षित गरी अभियोजन गरिएको र मूल निर्णयकर्तामाथि अनुसन्धान नभएको भन्दै आलोचना गरेको थियो। पौडेलले त्यसैलाई आधार बनाएर तत्कालीन सचिव तथा हालका अख्तियार प्रमुख राईमाथि मुद्दा दायर गर्न माग गरेका हुन्।

नेपाल आयल निगमको जग्गा खरिद काण्डमा पनि आपूर्ति मन्त्रालयको सचिवका रूपमा राई स्वयं निगमको सञ्चालक समिति अध्यक्ष रहेको भन्दै, कार्यकारी निर्देशक गोपाल खड्कामाथि मात्र मुद्दा चलाएर राईलाई उन्मुक्ति दिइएको आरोप उजुरीमा उल्लेख छ।

यसैगरी, नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको गाडीमा नगद राखिएको आरोप केही आरोपितहरूले बयानमा दिएको भए पनि प्रहरीले अनुसन्धान नगरेको भन्दै त्यसबारे पनि छानबिन माग गरिएको छ।

उजुरीकर्ता पौडेलले अख्तियार प्रमुख पदमै बसेर संवेदनशील मुद्दाहरूमा प्रभाव पार्न सक्ने भएकाले निष्पक्ष अनुसन्धानका लागि तत्काल कदम चालिनुपर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।

भर्खरै