नेभिगेशन
मुख्य समाचार

अख्तियार प्रमुख राईविरुद्ध तीन ठूला भ्रष्टाचार प्रकरणमा छानबिनको माग गर्दै अख्तियारमै उजुरी दर्ता

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध तीन विवादास्पद भ्रष्टाचार प्रकरणमा छानबिनको माग गर्दै अख्तियारमै उजुरी दर्ता गरिएको छ।

सिन्धुली कमलामाईका युवराज पौडेलले प्रमुख आयुक्त राईमाथि अनुसन्धानको माग गर्दै आइतबार अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएका हुन्। उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको छ।

पौडेलले उजुरीमा वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको भूमिकामाथि प्रश्न उठाउँदै छानबिन गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

गत हप्ता विशेष अदालतले वाइडबडी विमान खरिद सम्बन्धी भ्रष्टाचार मुद्दाको पूर्णपाठमा दोषी पहिचान गर्ने क्रममा केहीलाई मात्र लक्षित गरी अभियोजन गरिएको र मूल निर्णयकर्तामाथि अनुसन्धान नभएको भन्दै आलोचना गरेको थियो। पौडेलले त्यसैलाई आधार बनाएर तत्कालीन सचिव तथा हालका अख्तियार प्रमुख राईमाथि मुद्दा दायर गर्न माग गरेका हुन्।

नेपाल आयल निगमको जग्गा खरिद काण्डमा पनि आपूर्ति मन्त्रालयको सचिवका रूपमा राई स्वयं निगमको सञ्चालक समिति अध्यक्ष रहेको भन्दै, कार्यकारी निर्देशक गोपाल खड्कामाथि मात्र मुद्दा चलाएर राईलाई उन्मुक्ति दिइएको आरोप उजुरीमा उल्लेख छ।

यसैगरी, नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको गाडीमा नगद राखिएको आरोप केही आरोपितहरूले बयानमा दिएको भए पनि प्रहरीले अनुसन्धान नगरेको भन्दै त्यसबारे पनि छानबिन माग गरिएको छ।

उजुरीकर्ता पौडेलले अख्तियार प्रमुख पदमै बसेर संवेदनशील मुद्दाहरूमा प्रभाव पार्न सक्ने भएकाले निष्पक्ष अनुसन्धानका लागि तत्काल कदम चालिनुपर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सवारी दुर्घटनाका कारण झापामा चार महिनाको अवधिमा १७ जनाको मृत्यु

सवारी दुर्घटनाका कारण झापामा चार महिनाको अवधिमा १७ जनाको मृत्यु

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि  पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि  पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताए ।
प्रतितोला ६ हजार ९ सयले घट्यो सुनको मूल्य

प्रतितोला ६ हजार ९ सयले घट्यो सुनको मूल्य

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ ।
‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका पर्वतका किसान...