नेभिगेशन
समाज

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी, तीन चर्चित प्रकरणमा अनुसन्धान गर्न माग

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध तीन चर्चित भ्रष्टाचार प्रकरणमा अनुसन्धानको माग गर्दै उजुरी दर्ता गरिएको छ। सिन्धुलीका युवराज पौडेलले आइतबार आयोगमै उजुरी दर्ता गराएका हुन्, जसको दर्ता नम्बर ‘सी–००३४९८’ रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उजुरीमा राईमाथि वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा खरिद र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लगाइएको छ। पौडेलले यी प्रकरणमा राई जिम्मेवार भूमिकामा रहेकाले उनीमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

Ncell
Extreme Energy

वाइडबडी प्रकरणमा विशेष अदालतले अभियोजन प्रक्रिया चयनात्मक भएको टिप्पणी गरिसकेको सन्दर्भमा राईमाथि अनुसन्धान हुनुपर्ने पौडेलको भनाइ छ।

नेपाल आयल निगमको जग्गा खरिदमा सचिवको हैसियतमा राई निगमको सञ्चालक समितिका अध्यक्ष थिए। सो प्रकरणमा कार्यकारी निर्देशकमाथि मात्र मुद्दा चलाइएको भन्दै पौडेलले निष्पक्षता माग गरेका छन्।

त्यसैगरी, नक्कली भुटानी शरणार्थी प्रकरणमा केही आरोपितहरूले राईको गाडीमा पैसा राखेको बयान दिएपनि प्रहरी वा अख्तियारले उनलाई नछोएको भन्दै त्यस विषयमा पनि छानबिन गर्न पौडेलले माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।

भर्खरै