नेभिगेशन
मुख्य समाचार

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी, तीन चर्चित प्रकरणमा अनुसन्धान गर्न माग

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध तीन चर्चित भ्रष्टाचार प्रकरणमा अनुसन्धानको माग गर्दै उजुरी दर्ता गरिएको छ। सिन्धुलीका युवराज पौडेलले आइतबार आयोगमै उजुरी दर्ता गराएका हुन्, जसको दर्ता नम्बर ‘सी–००३४९८’ रहेको छ।

उजुरीमा राईमाथि वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा खरिद र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लगाइएको छ। पौडेलले यी प्रकरणमा राई जिम्मेवार भूमिकामा रहेकाले उनीमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

वाइडबडी प्रकरणमा विशेष अदालतले अभियोजन प्रक्रिया चयनात्मक भएको टिप्पणी गरिसकेको सन्दर्भमा राईमाथि अनुसन्धान हुनुपर्ने पौडेलको भनाइ छ।

नेपाल आयल निगमको जग्गा खरिदमा सचिवको हैसियतमा राई निगमको सञ्चालक समितिका अध्यक्ष थिए। सो प्रकरणमा कार्यकारी निर्देशकमाथि मात्र मुद्दा चलाइएको भन्दै पौडेलले निष्पक्षता माग गरेका छन्।

त्यसैगरी, नक्कली भुटानी शरणार्थी प्रकरणमा केही आरोपितहरूले राईको गाडीमा पैसा राखेको बयान दिएपनि प्रहरी वा अख्तियारले उनलाई नछोएको भन्दै त्यस विषयमा पनि छानबिन गर्न पौडेलले माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेन-जी अभियन्ता किशोरी कार्कीले दिइन् आयोगमा पार्टी दर्ताका लागि निवेदन, चिन्ह 'माटोको चुलो'

जेन-जी अभियन्ता किशोरी कार्कीले दिइन् आयोगमा पार्टी दर्ताका लागि निवेदन, चिन्ह 'माटोको चुलो'

जेनजी अभियन्ता किशोरी कार्कीले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी छिन् । आन्दोलनका घाइतेलाई अस्पताल पुर्‍याएर भाइरल भएकी कार्कीले नवनिर्माण पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको...
सवारी दुर्घटनाका कारण झापामा चार महिनाको अवधिमा १७ जनाको मृत्यु

सवारी दुर्घटनाका कारण झापामा चार महिनाको अवधिमा १७ जनाको मृत्यु

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि  पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि  पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताए ।
प्रतितोला ६ हजार ९ सयले घट्यो सुनको मूल्य

प्रतितोला ६ हजार ९ सयले घट्यो सुनको मूल्य

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ ।