नेभिगेशन
समाज

‘एआई’ केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता होस् सभापति देउवा

ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता (एआई) केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ विषयक कार्यक्रममा उनले सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताए । 

Ncell
Extreme Energy

सभापति देउवाले भने, “आजको युग विज्ञान र प्रविधिको युग हो, एआई अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ ।”

उनले घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा जस्ता सबै प्रविधिमैत्री योजनाले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेको उल्लेख गरे । “कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चारसम्बन्धी नीति, ऐन र नियमले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको छ । प्रविधिको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी नै छ, एक क्लिकमै बैंकिङ सेवा, सरकारी जानकारी, कृषि परामर्श वा स्वास्थ्य सल्लाह उपलब्ध गराउने व्यवस्था यिनै उदार र अग्रगामी नीतिको परिणाम हो भन्नेमा दुईमत छैन”, सभापति देउवाले भने ।

उनले कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको भन्दै पार्टीले सूचना प्रविधिमार्फत आर्थिक गतिविधि बढाउन प्रतिबद्ध रहेको बताए । पूर्वप्रधानमन्त्री देउवाले प्रविधिमा पहुँच पु¥याई युवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवर्द्धन गर्ने,  जनतालाई केन्द्रमा राखेर उपलब्धि–केन्द्रित प्रविधि नीति बनाउने पक्षमा पार्टी क्रियाशील रहेको पनि जानकारी गराए । “अब सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील  र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।  विज्ञान तथा सूचना प्रविधि क्षेत्रका विविध समस्या सम्बन्धमा कांग्रेसले गहिरोसँग नियालिरहेको छ”, उनको भनाइ थियो । 

कृत्रिम बौद्धिकता (एआई) विज्ञ डा सुरेश पोखरेलले एआईको तीव्र विकास भइरहेको  र अब यसको समुचित उपयोगबिना सहज विकास असम्भव भएको बताए । 

पार्टीको विज्ञान तथा सूचना प्रविधि विभाग प्रमुख सुशीला भट्ट मिश्रले कृत्रिम बौद्धिकताको युगमा नेपालको विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको बताए । उनले मानिसको दैनिक जीवनमा सहजता ल्याउन बहस र छलफलका माध्यमबाट आवश्यक नीति तय गर्दै समस्या र चुनौती सामना गर्न आवश्यक रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...