नेभिगेशन
समाज

निजी विद्यालयमा अवैध शुल्क असुली : युनिग्लोब स्कुललाई २ लाख ५ हजार जरिवाना

काठमाडौँ । निजी विद्यालयमा विद्यार्थी तथा अभिभावकसँग अवैध शुल्क असुली गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–२८ मा रहेको युनिग्लोब हाइयर सेकण्डरी स्कुललाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागले आइतबार गरेको अनुगमनका क्रममा विद्यालयले अनाधिकृत रूपमा शुल्क असुलेको पुष्टि भएपछि सो जरिवाना गरिएको हो। साथै विद्यालयलाई व्यवसायसम्बन्धी सम्पूर्ण कागजात तीन दिनभित्र विभागमा पेश गर्न पनि निर्देशन दिइएको विभागका अधिकारीले जानकारी दिएका छन्।

Ncell
Extreme Energy

विभागका एक निरीक्षण अधिकृतका अनुसार सो विद्यालयले विद्यार्थीको भर्नाका लागि सिट सुरक्षित गर्न भन्दै २० हजार रुपैयाँ अग्रिम असुल्ने गरेको पाइयो। तर, विद्यार्थीले भर्ना नगरी वा अन्य विद्यालय रोजेमा पनि उक्त अग्रिम रकम फिर्ता नगर्ने गम्भीर गुनासो अभिभावकहरूबाट आएको थियो।

“सार्वजनिक शिक्षा ऐन तथा नियमावली अनुसार अग्रिम शुल्क वापत कुनै ग्यारेन्टी वा सुरक्षाको व्यवस्था छैन, तर विद्यालयले यसलाई अनधिकृत रूपमा असुलेको देखियो,” ती अधिकृतले भने।

विभागका अनुसार पछिल्लो समय केही निजी शैक्षिक संस्थाले सरकारले तोकेभन्दा बढी शुल्क असुली गर्ने, अभिभावकलाई अनावश्यक शुल्क तिर्न बाध्य पार्ने जस्ता गतिविधि बढ्दै गएको भन्दै यस्ता गतिविधिमा नियन्त्रण गर्न कडाइका साथ अनुगमन तीव्र बनाइएको छ।

यही क्रममा काठमाडौँ महानगरपालिका–१६ मा सञ्चालित प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रालि नामक शैक्षिक परामर्श केन्द्रलाई पनि १ लाख रुपैयाँ जरिवाना गरिएको छ। उक्त कन्सल्टेन्सीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गरेको भेटिएको विभागले जनाएको छ।

उपभोक्ताको अधिकारको संरक्षण र निजी शैक्षिक क्षेत्रभित्रको अनियमितता हटाउने उद्देश्यले विभागले यस्ता अनुगमनलाई निरन्तरता दिने बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।

भर्खरै