नेभिगेशन
मुख्य समाचार

निजी विद्यालयमा अवैध शुल्क असुली : युनिग्लोब स्कुललाई २ लाख ५ हजार जरिवाना

काठमाडौँ । निजी विद्यालयमा विद्यार्थी तथा अभिभावकसँग अवैध शुल्क असुली गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–२८ मा रहेको युनिग्लोब हाइयर सेकण्डरी स्कुललाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागले आइतबार गरेको अनुगमनका क्रममा विद्यालयले अनाधिकृत रूपमा शुल्क असुलेको पुष्टि भएपछि सो जरिवाना गरिएको हो। साथै विद्यालयलाई व्यवसायसम्बन्धी सम्पूर्ण कागजात तीन दिनभित्र विभागमा पेश गर्न पनि निर्देशन दिइएको विभागका अधिकारीले जानकारी दिएका छन्।

विभागका एक निरीक्षण अधिकृतका अनुसार सो विद्यालयले विद्यार्थीको भर्नाका लागि सिट सुरक्षित गर्न भन्दै २० हजार रुपैयाँ अग्रिम असुल्ने गरेको पाइयो। तर, विद्यार्थीले भर्ना नगरी वा अन्य विद्यालय रोजेमा पनि उक्त अग्रिम रकम फिर्ता नगर्ने गम्भीर गुनासो अभिभावकहरूबाट आएको थियो।

“सार्वजनिक शिक्षा ऐन तथा नियमावली अनुसार अग्रिम शुल्क वापत कुनै ग्यारेन्टी वा सुरक्षाको व्यवस्था छैन, तर विद्यालयले यसलाई अनधिकृत रूपमा असुलेको देखियो,” ती अधिकृतले भने।

विभागका अनुसार पछिल्लो समय केही निजी शैक्षिक संस्थाले सरकारले तोकेभन्दा बढी शुल्क असुली गर्ने, अभिभावकलाई अनावश्यक शुल्क तिर्न बाध्य पार्ने जस्ता गतिविधि बढ्दै गएको भन्दै यस्ता गतिविधिमा नियन्त्रण गर्न कडाइका साथ अनुगमन तीव्र बनाइएको छ।

यही क्रममा काठमाडौँ महानगरपालिका–१६ मा सञ्चालित प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रालि नामक शैक्षिक परामर्श केन्द्रलाई पनि १ लाख रुपैयाँ जरिवाना गरिएको छ। उक्त कन्सल्टेन्सीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गरेको भेटिएको विभागले जनाएको छ।

उपभोक्ताको अधिकारको संरक्षण र निजी शैक्षिक क्षेत्रभित्रको अनियमितता हटाउने उद्देश्यले विभागले यस्ता अनुगमनलाई निरन्तरता दिने बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सवारी दुर्घटनाका कारण झापामा चार महिनाको अवधिमा १७ जनाको मृत्यु

सवारी दुर्घटनाका कारण झापामा चार महिनाको अवधिमा १७ जनाको मृत्यु

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि  पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि  पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताए ।
प्रतितोला ६ हजार ९ सयले घट्यो सुनको मूल्य

प्रतितोला ६ हजार ९ सयले घट्यो सुनको मूल्य

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ ।
‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका पर्वतका किसान...