नेभिगेशन
समाज

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा आज सूूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का नेतृत्वसँग छलफल गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले काठमाडौँस्थित दशरथ रङ्गशाला सानो भएकाले ठूलो रङ्गशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत पूर्वाधारको प्रबन्धका लागि परामर्श गरेका हुन् । 

Ncell
Extreme Energy

त्यस क्रममा सूर्यविनायक नगरप्रमुख वासुुदेव थापाले उक्त नगरको वडा नं ८, जगाते (पुरानो इँट्टा टायल कारखाना) मा रहेको २०० रोपनी जग्गा उपलब्ध गराउन सकिने र त्यसको प्रक्रिया छिटो अघि बढाउने अवगत गराएका थिए । प्रधानमन्त्री ओलीले उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रङ्गशाला बनाउने घोषणा गरे । 

छलफलमा राखेप सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...