नेभिगेशन
समाज

मिथिलामा ‘झुला’ पर्व सुरु

महोत्तरी ।  मधेसको मिथिला क्षेत्रमा अहिले झुला महोत्सवको माहोल छ । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने पर्व आइतबार साँझ सुरु भएको हो । 

विष्णुलक्ष्मी भक्तिको यो पर्व घरघरै नभएर मठ मन्दिरमा सामुहिक रुपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने राम सीता र कृष्ण राधाका प्रतिमालाई विशेष झुला (कोक्रा, एकप्रकारको कलात्मक पिङ्मा)  भुलाउनु (हल्लाउनु) नै यस पर्वको मुख्य विधि हो । झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाउने गर्छन् ।

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बजागाजासाथ झुलाघर पुर्‍याएर पर्व सुरु गरिएको छ । यो पर्वमा आम सर्वसाधारण आफ्नो बस्ती नजिकको मठ वा मन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउदै नाच्दै भक्तिमा छन् । झुला उत्सवमा मिथिलाको  लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ । झुलनोत्सव भनिने यो पर्व प्राचीन मिथिलाक्षेत्रका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र मन्दिर एबं जनकपुरस्थित जानकी मन्दिरको निकै प्रसिद्ध छ । 

मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या)मा र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएका हुँदा ज्वाइँलाई प्रसन्न गराउन पर्ने मैथिल परम्पराअनुसार यो पर्व मनाउन विसं १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गराउनुभएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णवले बताए ।

जनकपुरमा अघि रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिनुभएको हिरा, रत्न र मणिमाणक्यको थुप्रो लागेको र त्यो पहाडजस्तै बनेको बताइन्छ । अहिले मणिपर्वत भनिने सो ठाउँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । झुला पर्वमा साउन शुक्ल तृतीयाका दिन यसै मणिपर्वतको पूजा गरेर पर्व सुरु गरिने मिथिला परम्परा छ ।

महोत्तरीको मटिहानीमा छुट्टै झुलाघर निर्मित छ । जहाँ लक्ष्मीनारायण मठ र मन्दिरबाट विष्णुलक्ष्मी प्रतिमा डोलीमा बोकेर ल्याइ झुलामा भुलाइन्छ । मटिहानीमा अहिले जिल्लाका र सीमावर्ती भारतका  दर्जनौ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइएका छन् । पर्वभरि साधुसन्त केन्द्रमा जम्मा भई पर्वमा रमाउँछन् । यो मिथिलाको परम्परासँग जोडिएको खास सांस्कृतिक पर्व रहेको मैथिल लोकसंस्कृतिका अध्येता एबं मिथिला माहात्म्यका नेपाली अनुवादक जलेश्वर–५ का बासिन्दा ध्रुव राय बताए । 
साउन पूर्णिमाका दिन विष्णुलक्ष्मीका प्रतिमा झुलाइने झुलनाको डोरी चुडालेर पर्व समापन गरिने मैथिल परम्परा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्यः राष्ट्रपति

लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्यः राष्ट्रपति

पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा शुक्रबार यहाँ आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन उनले यस्तो शिक्षाले नै अहिलेको चुनौती सामना गर्न सक्नेमा जोड दिए । देश आज विषम...
‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेको र्‍‍याली(तस्बिरहरु)

‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेको र्‍‍याली(तस्बिरहरु)

नेकपा एमालेले शुक्रबार पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेसनल भोलेन्टियर फोर्स घोषणा गर्न लागेको छ । ‘भोलेन्टियर फोर्स’ घोषणा गर्नु अघि एमाले निकट युवाहरूले बबरमहलदेखि र्‍याली...
शान्ति सम्झौताको मर्म र ‘जेनजी’ युवाका आवाज एउटै छन्ः संयोजक दाहाल

शान्ति सम्झौताको मर्म र ‘जेनजी’ युवाका आवाज एउटै छन्ः संयोजक दाहाल

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौता भएको १९ वर्ष पुगेको अवसरमा शुक्रबार शुभकामना दिँदै संयोजक दाहालले सामाजिक न्याय, सुशासन, आर्थिक समानता तथा समृद्धिका मुद्दा...
मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण

मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण

आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८...