नेभिगेशन
समाज

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । बास्थला गाउँभन्दा करिब तीन–चार किलोमिटर माथि डाँडामा बाक्लो जङ्गलको बीचमा रहेको ठूलो ढुङ्गाको बीचमा करिब ११ मिटर लामो, ६ मिटर चौडाइ र तीन मिटर गहिराइको पोखरी वर्षभरि कहिल्यै सुक्दैन ।

स्थानीय कुवेर राईका अनुसार यो पोखरीमा साक्षात देवताको बास रहेको विश्वास छ । राई, कुलुङ र मेवाहाङ समुदायको बसोबास रहेको यस क्षेत्रका गाउँलेले मबहान पर्वका अवसरमा यहाँ पूजाआजा, धूपबत्ती बाल्ने र प्रसाद ग्रहण गर्ने स्थानीय बज्रमान राईले बताए । नागदेवतासँग सम्बन्धित मान्यताका कारण यहाँ बलि वा कुनै हिंसात्मक कार्य निषेध गरिएको छ ।

बाबुबाजेको पालादेखि पूजा हुँदै आएको यो पोखरीलाई धार्मिक र पर्यटकीय दृष्टिले विकास गर्ने प्रयास भइरहेको स्थानीय धनराज राईले जानकारी दिए । उनका अनुसार गाउँलेको जनश्रमदान र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पोखरीसम्मको बाटो मर्मत गरिएको छ । साथै, भक्तजनका लागि प्रतीक्षालय निर्माण भइसकेको । अब मन्दिर निर्माण गर्ने योजना रहेको राईले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्यः राष्ट्रपति

लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्यः राष्ट्रपति

पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा शुक्रबार यहाँ आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन उनले यस्तो शिक्षाले नै अहिलेको चुनौती सामना गर्न सक्नेमा जोड दिए । देश आज विषम...
‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेको र्‍‍याली(तस्बिरहरु)

‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेको र्‍‍याली(तस्बिरहरु)

नेकपा एमालेले शुक्रबार पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेसनल भोलेन्टियर फोर्स घोषणा गर्न लागेको छ । ‘भोलेन्टियर फोर्स’ घोषणा गर्नु अघि एमाले निकट युवाहरूले बबरमहलदेखि र्‍याली...
शान्ति सम्झौताको मर्म र ‘जेनजी’ युवाका आवाज एउटै छन्ः संयोजक दाहाल

शान्ति सम्झौताको मर्म र ‘जेनजी’ युवाका आवाज एउटै छन्ः संयोजक दाहाल

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौता भएको १९ वर्ष पुगेको अवसरमा शुक्रबार शुभकामना दिँदै संयोजक दाहालले सामाजिक न्याय, सुशासन, आर्थिक समानता तथा समृद्धिका मुद्दा...
मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण

मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण

आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८...